Monday, June 17, 2013

स्थगित स्ववियुको निर्वाचन : भ्रम र यथार्थ


पछिल्लो पटक निर्वाचन भएको पाच वर्ष पछि घोषित बहु प्रतिक्षित स्ववियूको निर्वाचन अन्तत निर्वाचन हुने मितिको साता अगाडि आएर स्थगित हुन पुगेको छ। यतिखेर स्वतन्त्र विद्यार्थी युनियनका सम्बन्धमा धेरै विषयहरु वहसमा आएका छन्। धेरै बिवादहरु पनि देखिएका छन्। स्ववियुको निर्वाचन प्रक्रिया र पछिल्लो पटक खास गरि २०४६ पछाडि स्ववियुले गरेका गतिविधिले स्ववियुलाई झन झन विवाद र बदनाम बनाउदै लगेको थियो।
      
ब्यक्ति निर्वाचित हुने त्योपनि खसेको सम्पूर्णमतको अल्पमतमा र बहुमत स्ववियु बाहिरनै रहने। एकातिर यो आम रुपमा अलोकतान्त्रिक छदै थियो भने अर्को तिर निवाचित भैसकेपछि जे गरे पनि हुने अनुगमन र नियन्त्रण बाहिर हुने कारणले निर्वाचित व्यक्तिले स्ववियुलाई भ्रष्टाचार र गुण्डागर्दिको अखडामा परिणत गरे। विद्यार्थीहरुका लागि पाप्त हुने सेवा तथा सुविधा समेत खाने र विरोधि मतलाई दमन गर्ने गरियो। यस्ता विकृतिका विरुद्धमा अखिल -क्रान्तिकारी)ले संगठन चुनाव लड्ने र प्राप्त मत प्रतिसतको आधारमा स्ववियुमा प्रतिनिधित्व गर्ने पूर्ण समानुपतिक निर्वाचन प्रणालीको माग सहित ०६० साल देखि आन्दोलन गरिरहेको थियो।

पुरानो निर्वाचन प्रणालीको स्पष्ट विरोधमा रहेको हाम्रो संगठन पछिल्लो पटक मिश्रीत प्रणालीमा स्ववियु निर्वाचन हुने भएपछि आफ्नो फरक मतलाई कायम राखेर पुर्ण समानुपतिकको एजेण्डालाई स्ववियु निर्वाचनको एउटा महत्वपूर्ण विषय बनाउने र आन्दोलनको रुपमा नै निर्वाचन सहभागि हुने संस्थागत निर्णय सहित हाम्रो संगठन निर्वाचन प्रक्रियामा सामेल भएको थियो।  आफ्ना महत्वपूर्ण मुद्दालाई नै थाति राखेर भए पनि स्ववियुको गरिमालाई बचाउने र देशब्यापि देशभक्त क्रानिकारीहरुको नेतृत्वमा स्ववियुको गठन गरेर देशको विद्यमान राजनैतिक प्रतिगमन र विद्यालय देखि विश्वविद्यालयमा देखियका शैक्षिक विकृति र विसंगतिका विरुद्ध तथा वैज्ञानिक तथा माटो सुहाउदो उत्पादन मुलक शिक्षा प्रणाली सुनिश्चित गर्ने आन्दोलनको नेतृत्व गर्ने आभियानमा जुटेको हाम्रो संगठनले देशब्यापि रुपमा निर्वाचनको माहोल तयार गर्न सफल भएको थियो।गम्भिर राजनैतिक तथा सैदान्तिक विचलन पछि तत्कालिन मुख्य नेतृत्वलाई छाडेर विभाजित भएको भए पनि उपत्यका लगाएत केही ठाउ बाहेक देशैभरि मुलरुपमा हामीले विभाजनको महसुस समेत गर्नु परेको छैन। 

देशले गम्भिर राजनैतिक संकटको सामना गर्न परिरहेको र देशको स्वाधिनता र सार्वभौमिकता माथि नाङ्गो विस्तारवादी हस्तक्षेप र नियन्त्रण कायम हुदै भएको अवस्थामा एक पछि अर्को गर्दै नेकापा-माओवादीले सडकमा लिएको पहल कदमी र उसका राष्ट्रियता र वास्तविक जनतत्रको स्थापना सम्वन्धि क्रान्तिकारी अडानले हामीलाई राजनैतिक र नैतिकरुमा धेरै वलियो बनाएको छ। भने एनेकपा माओवादी लगाएत कंग्रेस र एमाले नेतृत्वको गम्भिर राज्नैतिक असफलता र तिनले देशमा थोपरेको निर्दलीय सरकार सहितको सम्वैधानिक र राजनैतिक संकट, भारतिय शासकवर्ग संग गरेको नाङ्गो आत्मसमर्पण र पछिल्लो जनदमनकारी तथा भ्रष्ट लोकमानको अख्तियार प्रमुखमा नियुक्ति समेतले आम विद्यार्थीका अगाडि नेविसंघ, अनेरास्ववियु र दाहालको अखिल क्रान्तिकारीका नेताहरु स्वाभिमान पुर्वक उभिएर बहस समेत गर्न नसक्ने अवस्थाको निर्माण भएको थियो। आफ्नै खराव नेताहबरु संग लड्न नसक्ने राष्ट्र घात र जनघातको पगरिले गुथिएर हिड्न त्याहा भित्रका इमानदार नेताहरुलाई पनि सायद निकै कठिनाइ महसुस भएको हुनुपर्छ।

यो पृष्ठभूमिमा बजारमा नेताहरु यति बदनाम बन्न पुगे की पुर्वको महत्वपुर्ण क्याम्पस विराटनगरको महेन्द्र मोरङमा दाहाल अखिलका नेता हिमाल सर्मा र दाहाल नेतृत्वको माओवादी पार्टीका नेता रामचन्द्र यादवलाई विद्यार्थीहरुले भाषण गर्न दर्शक दिर्घावाटै रोकोर उनिहरुले लगेका फिल्मी कलाकारका प्रस्तुतिमात्र स्विकार गरे। हिमाल सर्मा र रामचन्द्र झा उपस्थित कार्यक्रमा उच्छ्रीखल हिन्दी नृत्य र गितहरु समेत भरपुर प्रस्तुत गरिएका थिए र त्यही कार्यक्रममा विद्यार्थी नेता र पार्टी नेताहरु अस्विकृत भए। सोहि क्याम्पसमा एमाले अखिलका अध्यक्ष माधव ढुङ्गेलले यस्तै स्थितिको सामना गर्नुपरेको थियो। नेविसंघले गरेको कार्यक्रले नाम भन्दा धेरै बदनाम नै कमाउन पुग्यो।

सोही क्याम्पसमा अखिल (क्रान्तिकारी)ले विद्यार्थीहरुको स्वागत कार्यक्रमको आयोजना गरेको कार्यक्रमा लेखनाथ न्यौपाने मुख्य बक्ता भएर जानु भएको थियो। पार्टीको तर्फवाट कोचिला राज्य प्रमुख तथा नेकापा-माओवादीका केन्दि्रय सदस्य सावित्रि काफ्ले क समरले बक्ताको रुपमा कार्याक्रमलाई सम्वोधन गर्नु भएको थियो लागातार दुइजना वक्ताले दुइ घण्टा सम्म विद्यार्थी आन्दोलन र पार्टीको निति तथा कार्यक्रको वारेमा विद्यार्थीहरु विचमा सम्वोधन गर्नु भएको थियो। एउटा पनि हिन्दी गित र नृत्य प्रस्तुत नगरिएको उक्त कार्यक्रममा सामनाका सास्कृतिक परिवारका कलाकारहरु र सम्वन्धित क्याम्पसका विभिन्न छात्र छात्राहरुले गित तथा नृत्य प्रस्तुत गरेको कार्यक्रम अवधिभर विद्यार्थीहरुले साथ दिएका थिए। उक्त कार्यक्रमले आम विद्यार्थीमा जागरण र अखिल (क्रान्तिकारी)का पक्षमा स्ववियुको चुनावि माहोलनै तयार गरेको थियो।

धनकुटा बहुमुखि क्याम्पसमा नेविसंघका नेता उपस्थित भएर पनि कार्यक्रममा आफ्ना सिमित नेता कार्यकता बाहेकका सहभागीहरु उपस्थित नै नहुदा कार्यक्रमलाई सम्बोधन नै नगरी फर्किनु भयो। अखिल (क्रान्तिकारी)को इकाइको आयोजनामा यो पंतिकार स्वयमको उपस्थितिमा सोही क्याम्पसमा भब्य अन्तरक्रिया सम्पन्न गरियो। जहा प्रतिसपर्धि संगठनका स्थानिय सबै नेताको उपस्थिति रहेको थियो।

अखिल (क्रान्तिकारी)का पक्षमा देखिएको यस्तो आकर्षण र उभार देशमा प्रमुख सहरहरु र ग्रामिण वस्तिका क्याम्पसहरुमा नजिक पुगेका जो कसैले महसुस गरेका छन्। त्यसलाई कतिपय विपक्षीहरुले स्विकार पनि गरेकाछन्।

यतिखेर त्रिभुवन विश्विद्यालयले फर्जी विद्यार्थी भर्नाको विषयमा विद्यार्थी संगठनहरु वीचमा  उठेको विवाद समाधानमा सहमती नभएको कारण देखाएर स्ववियुको निर्वाचन स्थगित गरेको छ। सुरु देखिनै अखिल (क्रान्तिकारी) स्ववियुको निर्वाचन चाहादैन। स्ववियुमा हुने पराजयबाट उ डराएको छ भनेर प्रसस्त प्रोपोगाण्डाहरु नभएका होइनन् र अहिले पनि त्यो जारी नै छ। पार्टिले असफल तीन प्रमुख दल र मधेशी मोर्चा प्रायोजीत वर्तमान कठपुली निर्दलीय सरकारले गराउने भनिएको स्थिति ठेगान नभएको संविधान सभाको निर्वाचनमा भाग लिन अस्किार गरेकोका कारण र स्ववियु निर्वाचन सम्पन्न हुदा संविधान सभाको निर्वाचनको वातावरण बन्ला भनेर स्ववियुको निर्वाचन हुन नदिएको दोष पनि हाम्रो संगठनलाई लगाउन खोजी रहेका छन्।

अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनमा जाने निर्णय किन गर्यो ?

स्ववियुको निर्वाचन प्रणालीमा असहमती हुदा हुदै पनि हामीले संघर्षको रुपमा स्ववियु निर्वाचनमा सहभागि हुने र निर्वाचित भए पछि स्ववियुको निर्वाचन प्रणाली लगाएतका हाम्रा मुद्दा तथा आजका शैक्षिक र राजनैतिक संकटका विरुद्धमा संघर्षको नेतृत्व गर्ने भन्ने हाम्रो संगठनको केन्द्रको स्पष्ट नीति थियो। हामीलाई राम्रो संग हाम्रो हैसिएत थाहा भए पनि आम रुपमा फुटेको संगठन कमजोर छ कतै पनि जित्न सक्दैन भन्ने मनोविज्ञान आमरुपमा छदैथियो  एकातिर भने अर्कोतिर देशको सार्वभौमिकता बेचेर होस या राज्यकोषलाई बारमबार लुटेर धनी बनेका नेता, तिनका पार्टी र त्यसको विद्यार्थी संगठनहरुले जसरी पैसाको चलखेल गर्छन त्यो हामीले गर्दैनौ र गर्न पनि सक्दैनौ। न्युनतम संगठनात्मक खाचोलाई टार्न पनि हामीलाई सजिलो छैन भन्ने कुरा थाहा हुदा हुदै निर्वाचनमा जाने निर्णय हामीले गरेका हौं। हार जितको विषय हामीले बनाउने भए हामीले यस्ता प्रतिकुलता संग जुझने निर्णय गर्ने नै थिएनौं।

दोश्रो कुरा, समग्र विद्यार्थी आन्दोलनको मुलधार भएर पनि नेपालको कम्युनिष्ट आन्दोलनमा शसक्त देखिएको दक्षिणपन्थि प्रभावका कारण संगठनात्मक हैसियत कम्जोर हुदा पनि हामीले स्ववियु निर्वाचन वहिस्कार नगरेको र साझा संस्थाको रुपमा स्ववियु र निर्वाचनमा त्यसको परिणमलाई स्विकार गरेको हाम्रो इतिहास र त्यसता परिणाम समेतलाई सामना गरेको पुस्ताले नेतृत्व गरिरहेको संगठन हो हाम्रो। जित्दा संसारै जितिहालीने र हार्दा संगठननै विघटन भैहाल्ने त्यस्तो अतिको कुनै वुझाइको समस्या हाम्रो संगठनमा नभएकै कारण हामीले यो निर्वाचनमा जाने निर्णय गर्न सकेका हौं। अर्को कुरा पंचायती निरंकुशताको समयमा समेत साझा संस्थाको रुपमा रहेको स्ववियू आज हामी बाहेक अर्कोले जितेर पुरै सत्ता कब्जा गरिहाल्ला भन्ने चिन्ता पनि हामीलाई थिएन र छैन। संविधान सभाको हुने भनिएको नौटंकीलाई त्यत्रो योगदाननै पुग्नेछ र नेकपा-माओवादीले यथास्थितिमा नै त्यस्तो गरे प्रतिरोध गर्ने भनिएको चुनाव हुने छ र स्ववियुको चुनावको साफलताले त्यसलाई सुनिश्चित गर्छ भनेर कसैले सोचेको छ भने त्यो विपनामा अलकत्रा खाएर घ्यु खाएको सपना देख्ने इच्छा जस्तै हो। कम्तिमा हामीले त्यसरी सोचेका छैनौं।

निष्चित क्याम्पसको स्ववियुमा कस्ले जितने भन्ने भन्दा पनि माथिबाट हाम्रो संगठनले आफ्नो राजनैतिक लक्षलाई यसरी निधारण गरेको थियो। एक पटक फेरी देश ब्यापि संगठनलाई तिब्र गतिमा परिचालन गर्ने र विद्यार्थी आन्दोलनका लागि स्पष्ट निति र कार्यक्रम सहितको  तयारी गर्ने, आजका शैक्षिक मुद्दाहरु, विस्तारवादी हस्तक्षेप र देशी विदेशी प्रतिक्रियावादीहरु बाट थोपरिएको विध्यमान प्रतिगमन सहितको राजनैतिक संकटको समाधानका लागि युवा विद्यार्थीलाई प्रतिरोध आन्दोलनका लागि तयार गर्ने हाम्रो स्पष्ट नीति रहेको थियो। जसमा हामीले महत्वपूण सफलता हासील गरेका र्छौ।

यो समग्र स्थितिलाई बुझ्न नचाहने र बुझ पचाउने तत्वले आज अनर्गल प्रचार गर्ने र दोष थोपर्ने प्रयास गरिरहेको छ।

के के भयो त स्ववियु निर्वाचन जित्ने तयारीको क्रममा र किन स्थगित भयो त निर्वाचन ?

जब स्ववियुको निर्वाचनको पछिल्लो मिति घोषणा भयो सबै संगठन आ-आफ्नो तयारीमा लागे। धेरै प्रतिकुलताहरु छदै थिए। शिक्षा सेवा आयोगको परिक्षा, डिप्लोमाको परिक्षालगतैहुने गर्मी विदा र सुरु हुन लागेको वषाको मौसमले प्रतिकुलता थपेकै थियो। फेरी पनि सचेत विद्यार्थीमा घोषीत स्ववियुको निर्वाचनले सकारात्मक अकर्षण पैदा गर्यो।

विगतमा झै स्ववियुको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइयो र अरुलाई जितनै नदिन भौतिक अवस्था निर्माण गर्न खासगरी दाहालको अखिल क्रान्तिकारी, एमाले अखिल र नेविसंघ अनैतिक र अस्वस्थ प्रतिस्पर्धा गर्न पुगे। विद्यार्थी मतदाता आफ्ना पक्षमा नभए पछि नियमित औपचारिक पढाइ सकेका देखि लिएर नाम र फोटो फरक पारेर सम्म मतदाता विद्यार्थी भर्ना गरिए। जन आन्दोलनका घाइते र अपाङ्ग समेतको इज्जतको दुरुपयोग गरियो। कुनै ब्यवस्थित शैक्षिक क्यालेन्डर नभएको त्रि वि मा परिक्षाको महिना दिन वरिपरि समेत भर्ना मा कुनै समस्या पैदा हुदैन र पनि अबधि तोकिएको समय पारेर झोला भरी कागजात र लाखौं लाखका नोटका विटा ल्याएर एकै जनाले शय दुइ शय जना सम्म भर्ना गरिए। पछि काजात पेष गर्ने गरेर समेत भर्ना गराईयो र गरियो।

अखिल (क्रान्तिकारी) को देशब्यापि उत्साह र माहोलले सबै भन्दा बडी दाहालको अखिल क्रान्तिकारीलाई प्रभावित बनायो। केहि प्रमुख क्याम्पसमा जसरी पनि जित्नै पर्ने पार्टीको दवाव पछि लाजिम्पाटबाट रातारात करोडौं रुपया क्याम्पसका खातामा एक मुष्ट जम्मा गरिए। जेष्ठ ३ गते दिनभर दाहालको अखिल क्रान्तिकारले आर आर क्याम्पसमा करिव ५५० जना, त्रि वि केन्दि्रय क्याम्पसमा ७५०, जना सानो ठिमी क्याम्पस भक्तपुरमा ३००, जना पसुपति क्याम्पस चावहिलमा ३०० जनाको हाराहारीमा ठाकुरराम क्याम्पस विरगन्जमा गरिएको फर्जी भर्ना मध्य कागजात नमिलेका मात्र ३५० जनाको भर्ना अखिल (क्रान्तिकारी) लगाएतका संगठनको विरोधमा खारेज गर्न प्रशासन बाध्य भएको छ। त्यस्तै एमाले अखिलले त्रि वि केन्दि्रय क्याम्पसमा २५० जना सानो ठिमी भक्तपुरमा २०० जना त्रिचन्द्र र आर आर मा क्रमस २५० र ३०० फर्जी विद्यार्थी संगठनलाई भोट हाल्नका लागि भर्ना गरिए। राजधानी लगाएत देशैभरि निर्वाचन जित्नकालागि रातको १ बजे सम्म भर्ना गर्ने काम भयो र निर्वाचन आचार संहिताको जता ततै धज्जी उडाउने काम भयो। विराट नगरको महेन्द्र मोरङमा नेविसंघ र केहि मधेशवादी दलका लागि चुनावी भर्ना रु ११००मा र आम विद्यार्थीकालागि रु १८०० गरिएको थियो। ठूला मेडियामा फर्जी र खेताला विद्यार्थी भर्नाको विषयको प्रतिनिधि घटनहरु मुख्य समाचार बन्न पुग्यो।

यस्ता खेताला विद्यार्थीको भर्ना खारेज गरेर स्ववियु निर्वाचनलाई मर्यादित वनाउन काठमाण्डौको आर आर, त्रि वि केन्दि्रय क्याम्पस र ठाकुरराम क्याम्पस विरगन्जमा हाम्रो संगठनले संघर्षको नेतृत्व लियो  र खेताला विद्यार्थीको बलमा बास्तविक विद्यार्थीलाई अल्पमातमा पारेर गरिने निर्वाचनको विरोधमा राजनैतिक भण्डाफोर अभियान देशै भर चलायो। ठूलो लगानी पनि डुब्ने र राजनैतिक बदनामी र अलोकप्रीयता बढे पछि निर्वाचनमा जानै नसकिने र गए पनि सकारातमक परिणाम नआउने देखेको दाहालको अखिल क्रान्तिकारीले फर्जी र खेताला भर्ना खारेज गर्न र स्ववियुको निर्वाचनलाई मयार्दित र पारदर्शी बनाउन भएका छलफलहरुमा जिम्मेदार हुन चाहेन। निर्वाचन जसरी पनि रोक्ने नियत सहित उसले कुनै विवाद नभएका क्याम्पसहरुमा समेत निर्वाचन सम्वन्धि गतिविधि रोक्ने निर्णय सहित देशै भरिका प्रमुख क्याम्पसमा ताला बन्दी गर्दै हिंडे। निर्वाचन सम्वन्धि सम्पुर्ण गतिविध अवरुद्ध पारेर सम्युक्त बैठकमा बसेको दाहालको अखिल क्रान्तिकारीले खेताला विद्यार्थी भर्नाको खारेजी या मतदानको आधिकार बाट खेतालाहरुलाई बञ्चित गर्ने या देशभरी लगाएका ताला खोलेर निर्वाचनको वातावरण बनाउने र विवाद भएका ठाउमा छलफल गरेर समस्या समाधान गर्ने कुनै पनि विकल्पमा सहमत भएन। यहि विषयलाई लिएर त्रि वि ले निर्वाचन स्थगित गरेको छ।

स्थगित स्ववियु निर्वाचनले धेरे प्रश्नहरुलाई पनि जन्म दिएको छ। साथै हाम्रो संगठनले वर्षौ देखि स्ववियुको निर्वाचनको नाममा कागजी कानुनको आडमा हुने गरेको अपराधिक काम र गतिविधिलाई यो पटक उदाङ्गो पारेको छ। स्ववियुलाई नया ढंगले पुनर्संरचना गर्न र परमपरागत स्ववियुको मुल्य र आदर्शको रक्षा गर्न सबैको ध्यानाकर्षण गरेको छ। विचैमा स्थगित भएर वास्तविक परिणाम दिन नसके पनि आजका दाहालको अखिल क्रान्तिकारी लगाएत सरकारी विद्यार्थी संगठनका स्ववियु कब्जा गरेर सरकारी तथा सामुदायीक क्याम्पस ध्वंस गर्ने र निर्वाचनमा गरिएको करोडौं लगानि फिर्ता लिन गर्ने दुष्कर्ममा तत्कालाई रोक लगाइ दिएको छ।

अवको स्ववियु नया र विद्यार्थी मुखि हुनु पर्छ। सबै प्रगतिशिल चरित्र गुमाएको पुरानै सार र रुपमा अव फेरी आज देखिएका समस्या दोहोरिने गरेर गरिने स्ववियु अव आवश्यकता र औचित्य सकिएको छ । अपराधिक नियत र पात्रहरुलाई प्रवेशको बाटो दिने विद्यमान निर्वाचन नियमावली अब खारेज गरेर आज बाटनै नया कसरी बनाउने बेलैमा बहसको सुरुवात गर्नु पर्छ।
      
१८ जेष्ठ २०७० 

Wednesday, March 6, 2013

महान नेता ह्यूगो चाभेज प्रति हार्दिक श्रद्धान्जली !

एउटा भौतिक शरीरको जरुर अन्त भएको छ, तर साम्राज्यवाद बिरोधी आस्था, बिश्वास र त्यस बिरुद्धको प्रतिबद्धताको मृत्यु साम्राज्यवाद र त्यसको शोषण उत्पीडन रहेसम्म कहिलै हुने छैन र त्यसका बिरुद्धको आन्दोलन कदापि कम्जोर भएको छैन र हुने छैन। ह्यूगो चाभेज साम्राज्यवाद बिरुद्धको संघर्षको एक आस्था, बिश्वास र प्रतिबद्धता थिए अनि भेनेजुयला र त्यहाका जनताका महान नेता तथा यस धर्तिका असल पुत्र थिए । उनको मृत्युमा आज संसार भरिका जनताका दुखित भएका छन् । भेनेजुयली जनताका राष्ट्रपति तथा आजको साम्राज्यवाद बिरोधी संघर्षका महान नेता ह्यूगो चाभेजलाई उहाले चलाउनु भएको साम्राज्यवाद बिरोधी संघर्षको लागि सम्मान सहित भेनेजुयली जनता प्रति हार्दिक समबेदना र महान नेता ह्यूगो चाभेज प्रति हार्दिक श्रद्धान्जली !





Saturday, February 23, 2013

अबको स्ववियु निर्वाचन प्रणाली नयाँ कि पुरानो ?




२०३६ सालमा स्ववियु निर्वाचन नियमावली बने देखियता धेरै पटक स्ववियुको निर्वाचनहरु सम्पन्न भैसकेका छन् । पछिल्लो पटक स्ववियु निवार्चनको आयोजना गर्न सबै विद्यार्थी संगठनहरु कुनै न कुनै रुपमा दबाब दिइरहेका छन । विगतमा अन्य कुनै उल्यख्य राजनैतिक घटनाक्रम भएनन् भने त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गर्ने र विद्यार्थी संगठनहरु र आम विद्यार्थीहरु त्यसमा सहभागि भएर गौरवपूर्वक सम्पन्न गर्ने गर्थे । तर विगत केही बर्ष देखि यो सजिलो प्रक्रिया अलि गम्भिर रुपमा नै विथोलिदै गएको छ । खास गरेर स्ववियुका २०४६ साल पछिका पछिल्ला गतिविधि र त्यसको निर्वाचन पूर्वको गतिविधिहरुले स्ववियु र त्यसको निर्वाचनका बारेमा गम्भिर प्रश्नहरु खडा गरेको छ । ति प्रश्नहरुलाई लत्याएर अगाडि जानै नसकिने गरी सबालहरु उठे पछि पछिल्लो पटक -हाल) स्ववियु निर्वाचनको तिथि मिति तोक्ने र सरासर सहभागी बन्ने प्रक्रिया जटिल हुनगएको हो ।

नेपालको गौरवपूर्ण विद्यार्थी आन्दोलनको धेरै महत्वपूर्ण राजनैतिक हकको रुपमा स्थापित स्ववियुको स्थापनाका लागि इतिहाासमा ठूलै मूल्य चुक्ता गरिएको छ । निर्दलिय पञ्चायति निरंकुशता थोपरिए पछि फरक आस्था माथि लगाइएको प्रतिबन्धमा समेत विद्यार्थीहरु यो राजनैतिक हकका लागि निरन्तर आन्दोलनरत रहे । अन्तत निर्दलिय पंञ्चायती ब्यवस्था विद्यार्थी आन्दोलन सामु घुाडा टेक्न वाध्य भयो  र स्ववियुलाई बैधानिक स्वरुप प्रदान गर्‍यो । विद्यार्थी समुदायको हक, हित, अधिकार र इज्जतका लागि संघर्ष गर्ने वैधानिक र साझा मञ्चको रुपमा यसलाई पञ्चायति ब्यवस्थाभरि नै युवा विद्यार्थीहरुले उपयोग गरे । स्ववियु आम विद्यार्थी र जनहितका सवालहरुमा आवाज बुलन्द गर्ने साझा र वैधानिक संस्था भएकै कारण भसलाई विद्यार्थीहरुले धेरै महत्व दिने र यसबाट आम हितका कामको अपेक्षा गर्ने हुदै आएको थियो र आज पनि छ ।

पञ्चायति ब्यवस्थाको पतन संगै नेपालमा बहुदलिय संसदिय ब्यवस्था पुनर्सथापना भयो । यो राजनैतिक परिवर्तन संगै भुमिगत भएका राजनैतिक दलहरु खुला भए । आफ्ना राजनैतिक गतिविधि खुलेआम हुने वातावरण संगै तत्कालिन प्रमुख राजनैतिक दलहरु कंग्रेस र एमाले पार्टी विचमा सत्ता र कुर्शीका लागि आपसी प्रतिस्पर्धा पनि घनिभुत भयो । यो प्रतिस्पर्धाले पार्टीका भातृ संगठनहरुको रुपमा विध्यमान प्रमुख विद्यार्थी संगठनहरु वीचमा पनि विगतको एकता र सहकार्य पनि आपसी प्रतिस्पर्धामा बदलियो । स्ववियु जस्ता साझा र बैधानिक संस्थाहरुलाई  साझा हितमा संचालन गर्ने भन्दा पनि राजनैतिक पार्टीको स्वार्थको रक्षा गर्ने तथा विरोधी राजनैतिक सक्ति विरुद्ध हावी हुने कामका लागि प्रयोगमा ल्याउने काम संसदवादी दल खास गरेर कंग्रेसको भातृ संगठन ने वि संघ र एमालेको भातृ संगठन अनेरास्ववियुले प्रमुख रुपमा गरे ।

राजनैतिक सत्ताको लडाईामा सबै मुल्य मान्यता र नैतिकता समेतलाई गुमाएर एक अर्का विरुद्ध विगतका प्रतिगामी पञ्चायति भुतहरुलाई काँधमा बोकेर कंग्रेस र एमालेहरु हिंडन थाले । यसले गर्दा मुख्य प्रतिस्पधी संगठनहरु तत्कालीन स्थितिमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघका लागि स्ववियु निर्वाचन जसरी पनि जित नै पर्ने राजनैतिक प्रतिष्ठाको विषय बनाइयो । यसका लागि ठुल्ठुलो आर्थिक कारोवार देखि गैर विद्यार्थीहरु समेत निर्वाचनका लागि भर्ना हुने र गर्ने काम भए । अध्यायन सकिसकेकाहरु समेत राजनैतिक उद्येश्यका लागि शैक्षिक संस्था नछाडने र वर्षौं सम्म त्यही बसिरहने गरियो । भोटका लागि छात्रवासमा छात्र-छात्राहरु राजनैतिक आस्थाका अधारमा भर्ने र यसरी कब्जा गरिएका छात्रवासहरु नछाडने कामहरु भए र तिनलाई खास संगठनका हितमा प्रयोग गर्ने समेत गरिए । प्रशासन समेतलाई यो वा त्यो रुपमा विभिन्न राजनैतिक आस्थाको लागि योजनाबद्ध रुपमा प्रयोग गर्ने कामहरु संस्थागत तरिका बाट नै गरियो । राजनैतिक आस्थाको आधारमा कलेजहरुमा प्रशासनिक नियुक्तिहरु गरिए । विरोधी या प्रतिस्पर्धी संगठनहरु विरुद्धमा राजनैतिक र सांगठनिक रुपमा नै निशेधात्मक अवस्थाहरु पैदा भए । यस्ले विद्यार्थी संगठनहरु विचमा भौतिक भिडन्त र काटमारका अवस्थाहरु पैदा भए । त्यसकालागि आवारा र गुण्डाहरुलाई किनेर र राजनैतिक संरक्षण दिएर एकले अर्काको विरुद्धमा प्रयोग गर्ने काम गरियो । तिनका लागि भाला, खुकरी र तरवार लगायतका हात हतियारको ब्यवस्थापन र भण्डारन गर्ने काममा स्ववियुका पदाधिकारी, संगठनका नेता तथा कार्यकर्ताहरु बाट र स्ववियु कार्यालय, कलेज र त्यस वरिपरिका प्रभाब क्षेत्रलाई प्रयोग गरियो । भोज भतेर र जांड पार्टीहरुको आयोजना र ब्यवस्था गर्ने जस्तो काम समेत पवित्र स्ववियुको निर्वाचन जित्नका लागि गरियो र हुदै आएका छन ।

०४६ साल पछाडि यसरी सम्पन्न भएका स्ववियु निर्वाचनका विजेताहरुले आफ्ना असली चरित्रहरु समेत देखाए । ठूलो लागानी र नैतिक अनैतिक प्रयत्नबाट निर्वाचित हुनेले कलेजबाट त्याहाको आर्थिक गतिविधिबाट आफ्नो लगानि उठाउने र कमाउने गर्न थाले र आफ्ना कर्तव्यबाट च्युत भए । उनिहरुले कलेजबाट गरिव, जेहेन्दार तथा पिछडीएका समुदायका विद्यार्थीहरुका लागि प्राप्त हुने सेवा सुविधा र अवसरहरु माथि नियन्त्रण गर्न थाले । बाहुवलका आधारमा कलेज प्रशासनलाई आफ्नो प्रभावमा पार्न थाले । एक पटक जिते पछि संधैभरि स्ववियु निर्वाचनका परिणमहरुलाई आफ्नो पक्षमा पार्न र प्रतिस्पर्धी संगठनहरु माथि दमन र भौतिक आक्रमणहरु गर्ने काम गरिए । जस्का कारण कतिपय कलेजहरुमा निश्चित कलेजहरुमा अन्य विद्यार्थी संगठनले टाउको उठाउन समेत कठिन बनेको छ । त्यो आज पनि कयौं कलेजमा जस्ताको तस्तै कायम छ । अन्य संगठनका गतिविधिलाई स्ववियु मार्फत सिमित गरिएका प्रसस्तै उदाहरणहरु हाम्रा अगाडि छन ।

अखिल (क्रान्तिकारी)लाई राज्यले विगतमा गतिविधि गर्न प्रतिबन्द लगाएको अवस्था र त्यस पछि पछिल्लो शान्ति सम्झौता पछि सम्म पनि कलेजहरुको वातावरण स्ववियु जित्ने संगठनको एकछत्र नियन्त्रणमा नै रहेको पाइयो । कयौं कलेजहरुमा संगठनले उपस्थिति जनाउन भौतिक आक्रमणको प्रतिरोध नै गर्नु पर्ने अवस्था पैदा भयो र आज पनि यस्तो अवस्था बिध्यमान छ । पछिल्लो पटक खास गरि हाम्रो संगठनको शसक्त प्रवेस पुर्व प्राय निश्चित कलेजको स्ववियु निर्वाचन अनेरास्ववियुले मात्र र निश्चित कलेजहरुका ने वि संघले मात्र बारम्बार जितिरहने जस्तो वातावरण बनेको थियो । पछिल्लो पटकको स्ववियु निर्वाचनमा समेत प्रशासन समेतको सम्लगनतामा कयौं क्याम्पसमा प्रशासन अनुकुल राजनैतिक संगठनलाई जिताउने कामहरु भए । असाध्यै बदनाम हुदा समेत आज पनि धेरै स्थानमा त्यस्तो भैरहेको नै छ । यो प्रतिस्पर्धी संगठन विरुद्धमा गरिएको राजनैतिक तथा भौतिक दमनकै परिणाम हो ।

यि तथ्यहरुबाट यो भन्न सकिन्छ कि आज स्ववियु विद्यार्थी हक र अधिकारका लागि लडने साझा र वैधानिक संस्था होइन यो

1.  भ्रष्टहरुको अखडा बनेको छ ।
2.  विरोधि या प्रतिस्पर्धी संगठनहरु र विचारलाई दमन गर्ने संस्था संस्था बनेको छ ।
3.  क्याम्पसहरुलाई बाहुवलको आधारमा नियन्त्रण गर्ने र राजनैतिक तथा ब्यक्तिगत स्वार्थ पुर्ति गर्ने साधन बनेको छ ।
4.  भौतिक भिडन्तको लागि हतियारको भण्डारण गर्ने सुरक्षित अखडा बनेको छ ।
5.  गुण्डा र आवराहरुलाई राजनैतिक संरक्षण र आवरण दिने संस्था बनेको छ ।
6.  राज्यले लक्षित वर्ग र समुदायलाई शिक्षामा दिएको सेवा तथा सुविधाहरु खोसेर खाने र राजनैतिक र ब्यक्तिगत लाभ लिने संस्था बनेको छ ।
7.  कलेजका विकास निर्माणलाई प्रभावित पार्ने र ठेक्का मार्फत कमिशन खाने विद्यार्थी सत्ता बनेको छ ।
8.  स्ववियूको नाममा विद्यार्थीहरुबाट वैद रुपमा रुपया संकलन गरेर खानेसंस्था बनेको छ ।

यसरी आज सम्म आउदा स्ववियुले आफ्ना सकारात्मक भन्दा नकारात्मक काम र गतिविध मार्फत यसको गौरवपूर्ण मूल्य र मान्यतालाई नष्ट गरेको छ । यहाँ  भ्रष्ट र अनैतिक राजनेताहरु उत्पादन गर्ने काम तिर आजको स्ववियु निर्वाचन प्रणालीले बस्तुगत अवस्था प्रदान गर्ने तिर हिजो आज अग्रसर हुदैछ । अनैतिक रुपमा हुने लाभ र नैतिक रुपमा बन्ने पहिचानका कारण संगठन भित्रनै उमेदवारीको लागि मारामार हुने र जीते पछि जे गरेपनि हुने त्यसको जिम्मा संगठनले नलिने कारण मनि र मसलका असली प्रयोग कर्ता पात्रहरु उमेदवार बन्ने र बनाउनु पर्ने हुदै आएको छ । यसले स्ववियु जस्तो इतिहाँसको गौरव बोकेको संस्थालाई विकृतिको अखडा बनाएको छ ।

यसले  स्ववियु प्रतिनै वितृष्णा पैदा गरेको छ । आम विद्यार्थीको रुचि र आकर्षणलाई कम्जोर पादै लगेको छ । आम सर्वसाधारण तथा जेहेन्दार र मेधावि विद्यार्थीहरुको  विचमा यो अलोकप्रिय बनेको छ । संगठित र राजनैतिक स्वार्थ राख्नेहरुको मात्र सहभागी हुने जस्तो, ठुला र महत्वपूर्ण कलेजका स्ववियु निर्वाचनमा धेरै बास्तविक विद्यार्थी मतदानमा नै सहभागी नहुने, गैर विद्यार्थीहरु मतदाता बन्ने र मतदान गर्ने भैरहेको छ । स्ववियु निर्वाचन धेरै नै खर्चिलो हुदै गएको । विद्यार्थी संगठनहरुको विचमा अमैत्रिपूर्ण बातावरण बनेको छ र सहकार्यको संस्कृति सकिंदै गएको छ । विद्यार्थी संगठनहरु विचमा आपसी भडन्तको निहु  स्ववियु निर्वाचन हुने गरेको छ ।

आज हाम्रो अगाडि स्ववियुको गौरवलाई बचाउने कि ध्वंस गर्ने या हुन दिने ? स्ववियुलाई आम विद्यार्थीका हक हितमा प्रतिबद्ध तथा उत्तरदायी बनाउने कि यसलाई खारेज गर्ने ? यसलाई विद्यार्थी संगठनहरु वीचमा आपसी मित्रता र सहकार्य गर्ने साझा बैध संस्था बनाउने कि आपसमा जीवनमरणको लडाईं लडने स्वइच्छाचारी र एकाधिकारी बनाउने ? यसलाई पवित्र बनाउने कि विकृत र पथ भ्रष्ट बनाउने ? भन्ने अहंम प्रश्नहरु खडा भएका छन । आज विद्यार्थी संगठनहरु यि तमाम नकारात्मक पक्षहरुका वारेमा गम्भिर र जिम्मेवार भएर प्रस्तुत नहुने हो भने हामी स्ववियुलाई यो भन्दा अगाडि लिएर जानै नसकिने अवस्थामा पुगिसकेका छौं ।

यसको अर्थ अव स्ववियुको औचित्य सकियो र यसको आवश्यक्ता छैन भन्ने कदापी होइन । यति धेरै समस्या र प्रश्नहरुको बावजुद पनि बिद्यार्थीका हक र अधिकारका लागि आवाज उठाउने साझा र सबैले स्विकार गर्न सक्ने बैधानीक संस्था भनेको नै स्ववियु हो र यसलाई विद्यार्थीको हितमा प्रयोग गर्नु पर्छ । यसमा पैदा भएका समस्याहरुको समाधान खोजनु पर्छ । पहिलो त स्ववियु विकृत बन्नुमा खाली स्ववियुको मात्र दोष छैन संगठनहरु नै प्रमुख रुपमा दोषी छन् । दोश्रो स्ववियुलाई आवश्यक अधिकार सहित त्यस माथि अनुगमन र नियनत्रणको प्रभावकारी प्रबन्ध गर्नु पर्छ । नीति र विधि दुवैमा विकास गर्दै यसलाई सुधार गरेर जान आज जरुरी भैसकेको छ । हाम्रो निर्वाचन प्रणालीका सिमा तथा समस्याहरुले यस पवित्र संस्थालाई विकृति र विसंगति तर्फ अग्रसर हुन वस्तुत आधार प्रदान गरेको छ । हामीले त्यो वस्तुगत आधारलाई बदल्ने बारेमा नसोच्दा सम्म केही राम्रा नियत भएकाहरुले केही राम्रो भूमिका निर्वाह गरे पनि आम रुपमा पुरानै समस्याबाट स्ववियु मुक्त हुन संभव छैन । त्यस कारण यसलाई पुरानै तरिकाले सुधार गर्न अव असम्भव देखिएको छ । पुरानो तरिका प्रत्यक्ष ब्यक्तिलाई मतदान गर्ने प्रत्यक्ष निर्वाचन प्रणालीबाट स्ववियुको निर्बाचन अब संभव छैन । हामीले प्रयोग गर्दै आएको प्रत्यक्ष ब्यक्तिगत निर्वाचन प्रणालीले ब्यक्तिलाई संस्था र मतदाता प्रति उत्तरदायी बनाउन सकेको छैन । निर्वाचित ब्यक्ति र संगठनको एकाधिकारका कारण अन्य विपक्षमा परेको मत र विपक्षलाई निशेध गर्ने गरेको छ । सामुहिक र साझा गतिविधिको अन्त्य गरिदिएको छ । नियमन र अनुगमन सुन्य जस्तै बनेको छ । यस कारण हामीले निति र मुल्यमा आफूलाई रुपान्तरण गर्ने कुरा त छदैछ विधि र प्रक्रियालाई समेत विकास गर्नु पर्ने अवस्था बनेको छ ।

निर्वाचनको विधि र प्रक्रियालाई विकसित गर्ने कुरा गर्दा यसलाई हामीले समानुपातिक, समाबेसी र सहभागितामुलक बनाउने तर्फ जोड गर्नु पर्छ । निर्वाचित हुनेलाई संगठन र विद्यार्थी प्रति उत्तरदायी बनाउन र उस माथि संगठनको नियन्त्रण कायम गर्ने र संगठनले ब्यक्ति खराब भए विकल्प सहित फिर्ता बोलाउने कुरा सुनिश्चित गर्नु पर्छ । यसको लागि ब्यक्तिका लागि मत प्रदान गर्ने विधिबाट संगठनलाई मतदान गर्ने विधिको प्रयोग गर्नु पर्छ । संगठनले आफ्ना प्रस्तावित प्रतिनिधिलाई विकल्प सहित स्ववियुमा चयन गर्नु पर्छ । धेरै विद्यार्थी संगठनहरु विचमा प्रतिसपर्धा हुने अवस्थामा सम्पूर्ण खसेको मतको अल्पमतले नै निर्वाचित  हुने र बहुमत मत स्ववियु भन्दा वाहिर हुने भैरहेको छ र केहि बढी मत पाएको आधारमा निणर्यमा एकलौटी गर्ने या बाहिर रहने ठुलो जनमतको दवावमा कामै गर्न समस्या पर्ने हुदै आएको छ । यसलाई सुधार गरेर संगठनलाई प्राप्तमतको आधारमा आफ्ना प्रतिनिधि स्ववियुमा पठाउने र कम मत पाउने संगठनको पनि प्राप्त मतको आधारमा स्ववियुमा सहभागि हुने बातावरण या विधिको प्रयोग गर्नु पर्छ । यसले संगठहरको एकाधिकार र स्वइच्छाचारितालाई रोकेर साझा संस्थामा बसेर सहकार्य गर्ने संस्कृतिको विकास गर्न सहयोग हुने छ । साथै आज जस्तो विरोधि या विपक्षीलाई निशेध गर्ने बस्तुगत अवस्थाको पनि अन्त हुनजाने छ । त्यसैले समानुपातिक निर्वाचन प्रणाली मार्फत स्ववियु निर्वाचनको आजको गतिरोधको निकास र समस्याहरुको समाधान सहित स्ववियुलाई जनउत्तरदायी र वास्तविक जनमतको नेतृत्व गर्न योग्य बनाउन सबै तयार हनै पर्छ । कस्ले उठाएको यो विषय भनेर अनावश्यक झगडा नगर्ने हो भने संगठनलाई मत माग्ने र मतदान गर्ने निर्वाचन प्रणाली स्विकार गर्न विवाद गर्न जरुरी छैन । यो कसैलाई घाटा या नाफा हुने विषय पनि होइन ।

 समानुपातिक निर्वाचन प्रणालीको कुरा गर्दा हामीले सम्बोधन गर्नुपर्ने अर्को महत्वपुर्ण बिषय हो उत्पीडित समुदाएको प्रतिनिधित्वको सुनिश्चितता । हरेक संगठनले उत्पीडित जाति, जनजाती, क्षेत्र र लैंगिक समुदाएलाई अनिवार्य रुपमा प्रतिनिधित्व स्वतन्त्र बिध्यार्थी युनियनमा गराउने बिधि निश्चित गर्नु पर्छ । यसो गर्दा सम्बिधित क्याम्पसमा आध्यायनरत विभिन्न उत्पीडित समुदायको उपस्थितिको आधारमा स्ववियुमा अनिवार्य प्रतिनिधिको उपस्थिति निश्चित गर्नु पर्छ । संगठनको तर्फबाट उमेद्वारी घोषणा गर्दा नै उत्पीडित समुदायको सहभागिता सुनिश्चित गरिनु पर्छ ।

यस संगै स्ववियुका पदाधिकारीका काम, कर्तव्य र अधिकारको स्पष्ट ब्याख्या सहितको नियमावली बन्न जरुरी छ । समानुपनतिक स्ववियुको निर्वाचन गर्दा देशमा विध्यमान उत्पीडित, सिमान्तकृत, जाति, क्षेत्र, लिङ्ग र समुदायको उपस्थितिको लागि अनुकुल वातावरणकालागि धेरै भन्दा धेरै अवसर प्रदान गर्ने वारेमा प्रतिस्पर्धाहरु हुने ढंगबाट सोचिनु जरुरी छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट मात्र हामी आगामी स्ववियु निर्वाचनमा सहि तरिकाले प्रबेश गर्न सक्ने छौं । त्यस बाट हामी तुलनात्मक रुपमा उन्नत र योग्य र अवको विद्यार्थी आन्दोलन र समग्र राजनैतिक आन्दोलनको असल उत्तराधिकारीहरुको छनोट गर्न सफल हुने बातावरण निर्माण गर्न सक्छौं । साथै हामी स्ववियु प्रतिको निराशालाई आशामा, स्ववियुलाई पथभ्रष्ट र अनैतिक बाट नैतिक र आदर्शमा, स्वइच्छाचारी र एकाधिकारी बाट जनमूखि, जनउत्तरदायी र सहकार्य तथा सहमतिको नेतृत्वकर्ता र साझा बनाउन सफल हुने छौं ।

Tuesday, February 12, 2013

१८ औं महान जनयुद्ध दिवसको शुभ-कामना

१८ औं महान जनयुद्ध दिवसको उपलक्षमा सम्पूर्ण आदरणीय, सहकर्मी, मित्रजन तथा आम जनसमुदायलाई क्रान्तिकारी परिवर्तनको पक्षमा खडा भएर


 राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवाद र त्यसले नेपालको राजनैतिक, आर्थिक र सामिजिक रूपान्तरणको दिशामा पैदा गरेको अबरोधका बिरुद्ध निर्णायक संघर्षमा  महान सहिदहरु, बेपत्ता योद्दा, घाइते तथा अपाङ्ग योद्धा र उत्पीडित तथा श्रमिक जनताको मुक्तिको आकांक्षा

 पुरा गर्ने सफलताका लागि हार्दिक शुभकामना !



Sunday, February 10, 2013

दैलेख घटना र राजनैतिक षड्यन्त्रका बहुआयामहरु




युद्धकालमा नेपाल पत्रकार महासंघको सदस्यता बोक्ने एक जना मारिए । त्यतिबेला जतिबेला उनि मारिएका थिए, धेरै होहल्ला र विरोधहरु आम प्रचारका साधन मार्फत भएका थिए र त्यसको जवाफमा तत्कालिन पार्टी नेतृत्वले जनताको सम्वेदना प्रति उत्तरदायी हुदै सार्बजनिक रुपमा क्षमायाचना समेत गरेको थियो । ति थिए डेकेन्द्र राज थापा ।
आज भोलि डेकेन्द्र थापा आम संचार, गैर सरकारी संस्थाहरु, मानवअधिकारवादीहरु र माओवादी विरोधी राजनैतिक दल तथा ब्यक्तिहरुका लागि गतिलो मसला बन्न पुगेका छन् । माओवादीको विरोध गर्ने बहाना बन्न पुगेका थापाका हत्याराहरु भएको आरोपमा यतिखेर ने क पा-माओवादीका नेता तथा कार्यकर्तालाई गिरफतार गरी प्रहरी प्रशासनले सरकारी वकिल समेतको मिलेमतोमा परिवार तथा आफन्तहरु समेतलाई भेट्न नदिएर कानुनि प्रक्रिया मिलाएर नै बेपत्ता बनाईएका थिए । अर्कोतिर उनले दिएको बयान भन्दै एकातर्फी रुपमा हत्याको आरोप स्विकार गरेको प्रचार वाजी सुनियोजित रुपमा गएकिो छ । यस्ता आफुले नगरेको अपराधको स्विकारोक्ति गर्न शाही शासनकालमा पनि धेरैलाई अनुसन्धान भन्दा ब्यक्तिलाई शारिरिक र मानसिक यातनाको वलमा  बाध्य परिन्थ्यो र अहिले यो नै अपराध अनुसन्धानको प्रमुख तरिकाको रुपमा प्रयोग भैआएकै छ । सम्पुर्ण माओवादीहरुलाई थ्रेट गर्ने यो सुनियजीत षडयन्त्रको भण्डाफोर र विरोध गर्दै सरकार प्रमुख तथा माओवादी पार्टीहरुले युद्धकालका घटनाहरुको अनुसन्धान र कार्वाही तथा उन्मुक्तिको विषय सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत गर्ने वृहद शान्ति सम्झौताको आधारमा हुनुपर्ने अडान राखे पछि सुनियोजित रुपमानै तनाव बढाउने र पुरानो कानुनको वलमा वृहद शान्ति सम्झौता तोड्ने प्रयास हुन पुगेको छ ।  
]
को थिए डेकेन्द्र थापा
थापा संग पत्रकार महासंघको परिचयपत्र पनि थियो । यो धेरै महत्वपुर्ण कुरा होइन । किनभने पत्रकार महासंघका सदस्यता भएका धेरै छन् । तर उनिहरु काम र पेषा पत्रकारीता गर्दैनन । युद्धकालमा धेरै पत्रकारहरुले यातना, हत्या र बेपत्ता हुनु पर्‍यो तर पत्रकार भएर पनि उनिहरु संग पत्रकार महासंघको सदस्यता थिएन । थापाले केहि सामाजिक काम गरेका पनि हुन सक्छन । तर खासमा उनी पत्रकार महासंघको परिचयपत्र भित्र लुकेका तत्कालिन सामन्ती प्रतिगामी सत्ताका कार्यकर्ता थिए । तत्कालिन शाही कु को बेलामा ज्ञानेन्द्र शाहीले देशलाई सूर्यको किरण छिर्न वाहेक सबै संचार तथा प्रकाशन, प्रसारणलाई अवरुद्ध गर्दै देशलाई कालो रातममा परिणत गरेका थिए । उनको शाही सत्ताको अनुकुलतामा नहुने सबैलाई मार्न उर्दि जारी गरेर मार्न लगाएका थिए । मार्न नसकिएका तथा तत्कालिन अवस्थामा मार्न उपयुक्त नदेखिएकालाई गिरफ्तार गरेर जेल तथा हिरासतमा राखे । यस अन्तर्गत तत्कालिन कंग्रेस नेता गिरिजाप्रसाद कोइराला लगाएत नेताहरु र एमालेका तत्कालिन महासचिव माधब कुमार नेपाल लगाएतका नेताहरुको  दिनरात हिरासतमा वितिरहेको थियो । अन्य कयौं चिरपरिचित नेताहरुको भागा भागा चलिरहेको थियो । कयौं दिल्ली दरवारको सरणमा पुग्न विवस बनेका थिए । 
तिनै राजा ज्ञानेन्द्र शाहीको उपस्थित हुने कार्यक्रमका संचालक बनेर संचार तथा प्रकाशन प्रसारणका पक्षधर र लोकतन्त्रको आन्दोलन विरुद्ध खडा भएका थिए डेकेन्द्र थापा । उनले केही सामाजिक कामहरु पनि गरेको हुन सक्छ । तर उनी निरंकुश शाही सत्ताका एक मतियार थिए उनी संग थियो  नेपाल पत्रकार महासंघको सदस्यता जुन उनी तत्कालिन नेकपा-माओवादी का गतिविधिका विरुद्धमा र लोकतान्त्रिक आन्दोलनका विरुद्धमा समाचार रिपोर्टीङ गर्थेहोलान  सायद उनको राजनैतिक आस्था आनुसार ।
डेकेन्द्र थापा मारिनु ठीक थियो भन्ने पंक्तिकारको आसय होइन । तर जसरी उनको वास्तविकतालाई छोपछाप पारेर आज गम्भिर राजनैतिक षड्यन्त्र हुदै छ । त्यो कति सहि छ भन्ने जान्न उनको विगत र वास्तविकता जन समक्ष आउन जरुरी छ । डेकेन्द्र थापा मारिनु सहि थिएन । उनी मात्र होइन कृष्ण शेनलाई हिरासतमा कुटी कुटी मार्नु पनि सही  थिएन । त्यस्तै सिंगै गाउा बस्तीमा घेरेर तत्कालीन सत्ताले बारम्वार वस्तिमा आगजनि, हत्या र बलात्कार गर्नु पनि जघन्य अपराध थियो । सुरक्षा फौजको नाममा सेना, प्रहरी, या सरकारी आर्थिक र हतियार सहयोगमा स्थानिय प्रतिकार समुहको नाममा लठैतहरुले त्यसो गर्नु सहि थिएन । आज समुहिक हत्याका यस्ता घटनाको संकलन गर्ने हो भने पनि दर्जनौं घटनाहरु छन् । त्यसो गर्न ज्ञानेन्द्र शाह देखि गिरीजा प्रसाद कोइराला, खुमबहादुर, पुणवहादुर, रामचनद्र पौडेल, देवेन्द्रराज कडेल, सुर्यवहादुर थापा, लोकेन्द्रवहादुर चन्द, कमल थापा, माधवकुमार नेपाल, वामदेव गौतम, के पी वली सम्मले संकटकाल लगाउने र सेना तथा प्रहरी र सरकारी कर्मचारीलाई निर्देशन दिनु तल्ला तहका कार्यकर्तालाई पैसा दिएर सुराकी गर्न लागाउनु सहि थिएन । 
फेरि पनि भारतीय शासक वर्गलाई रिझएर सामन्ति, दलाल र नोकरशाह वर्गको हितमा पालैपालो सत्ता भोगको मजालिदै बहुसंख्यक किसान, मजदुर, महिला, दलित, आदिवासी जनजाति, भेरि कणर्ालीका उत्पीडित जनता माथि शोषण तथा दमन थोपर्नु सहि थिएन । विस्तारवादको दलाली र भष्टाचारले ब्याप्त संसदिय ब्यवस्थामा खसी बोकाको मुल्यमा बिक्री हुने नेताको नेतृत्व स्विकार गर्नु आम जनताको लागि लज्जाको विषय बनिरहेको थियो । जनताको जनतन्त्र, जनजीविका र राष्टियता संकटमा परिरहेको कुरालाई लिएर संगठित हुदैगएको जनविरोध र जनताका आकांक्षाको सम्बोधन गर्न छाडेर जनताको विरोधलाई दवाउने दुष्शाहस प्रदर्शन गरेर बारम्बार दमन अप्रेसन संचालन गरेर आन्दोलीत पक्षलाई संगठित रुपमा हतियार बद्ध प्रतिरोध गर्न बाध्यपार्नु सहि थिएन । तर पनि देश गृहयुद्धमा फस्न पुग्यो । शासकहरु एक पछि अर्को आम हत्या र दमनको योजना कार्यनवयन गर्दै गए भने जनताको तर्फवाट त्यसको नया र उच्च स्तरमा प्रतिरोध भयो । पुरानो राज्य मेसिनरीले सम्पुर्ण नेपालमा करिव ८० प्रतिसत ग्रामिण भूभागमा आफ्नो सत्ता गमाउन पुग्यो । 

यस क्रममा केही गल्तीहरु पनि भए जनताको आन्दोलनको तर्फवाट । तर सत्ताको तर्फबाट सचेतता पुर्वक योजना बद्धरुपमा नागरिकलाई पक्रिएर मार्ने, सुराकी गराउने र त्यसको वदलामा पैसा दिने, महिलालाई बलात्कार गर्ने, गाउ र बस्तिमा आगजनी, तोडफोड गर्ने, सारा गाउका नागरिकलाई आम्पसमर्पण गराउने, स्थानिय लठैतहरुलाई हतियार पैसा दिएर जनतामाथि ज्यादती गर्न लगाउने लगाएतका जघन्य अपराध गर्नमा ज्ञानेन्द्र शाह देखि गिरीजा प्रसाद कोइराला, खुमबहादुर, पुणवहादुर, रामचनद्र पौडेल, देवेन्द्रराज कडेल, सुर्यवहादुर थापा, लोकेन्द्रवहादुर चन्द, कमल थापा, माधवकुमार नेपाल, वामदेव गौतम, के पी वली सम्मले राज्यको सुरक्षा अंग र कर्मचारीलाई प्रयोग गरे । जसबाट आफ्नो अनुकुलतामा ? आफ्नो अनुकुलतामा गर्ने होभने अर्को पक्ष आत्मघात हुदा चुपचाप बस्ने हुनै सक्दैन ।  
किन उछालियो त यो घटनालाई ?

यो घटनालाई यतिखेर नै उछाल्नुका धेरै कारणहरु छन् । पहिलो कारण, नेपाली कंग्रेस र एमाले बाबुरामको सत्ता खोस्न नसकेर हैरान भएका छन् । त्यसको बदला लिन हिजो कंग्रेसको राजनीति गरेका राष्टपति रामवरण यादव समेतको प्रयोग गरेर माथिवाट बाबुरामलाई अवरोध सिर्जना गर्न लागेका छन् । जस्का कारण सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धि अध्यादेश रोक्लगाएका छन् । तर आफूलाई फाइदाहुने पुर्व विशिष्ट पदाधिकारीको सुविधा सम्बन्धि अध्यादेशमा कुनै अबरोध र फरक मत समेत नराखी सजिलै जारी गरियो । सत्ता संचालनमा सम्पुर्ण रुपबाट अवरोध सृजना गर्न तलबाट राजनैतिक बदला स्वरुप आफु अनुकुलका ल्न्इ, क्ष्ल्न्इ , मानव अधिारवादीहरु, वकिल र पत्रकारहरुलाई विरोधमा सडकमा उतार्ने अवसरको भरपूर प्रयोग गर्न चाहान्छन । 

देस्रो कारण, सम्पूर्ण रुपमा माओवादीलाई युद्धमा पराजित गर्न नसक्दा बाध्यता पूर्वका राजनैतिक सम्झौता गर्नु पर्दा पुराना प्रतिगामीहरु सनतुष्ट छैनन् । आजको पुरानो राज्य संयन्त्र भित्र रहेका हुन या बाहिरका दूबै विगतको राजनैतिक हारको बदला लिने मौकाको खोजीमा संधै रहेका छन् । उनिहरु राजनैतिक अनतरविरोध खासगरि विगतमा आमने सामने भएर लडेका राजनैतिक शक्तिहरुको विचमा हुने तनावको फाइदा लिन हतारीएका कारण हतार हतार घटनाका दोषीहरु भन्दै विरोधि पक्षमाथि जाइलागेका छन । नागरिक अगुवा, पत्रकार, मानवअधिकार कर्मी, तथा सुरक्षा अंगका कतिपय मानिसहरु समेत यसमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न भएका छन । 

तेश्रो कारण, NGO. INGO हरु  अझ खास गरी शान्ति र मानवअधिकार तथा द्वन्द्व संग सम्बन्धित संस्थाहरु युद्धका समयमा धेरै फष्टाएका थिए । उनीहरुले राम्रो रोजगारी, प्रचार र आर्थिक आम्दानी समेत गरे । जस्ले नकारात्मक परिणाम दियो भन्ने होइन सकारात्मक नै परिणाम समाजलाई दियो । पछिल्लो शान्तिकालमा यिनीहरु गुमनाम भएका छन प्रचार र प्रभाव तथा कारोवार सबै घटेको छ । यो उनिहरुका लागि सैह्य भएको छैन । देशको सार्वभौमिकता, बस्तुगत राजनैतिक जटिलता र सम्वेदनशिलतालाई वास्ता नगरी आम्दानीका श्रोतहरु सुरक्षित गर्न युद्धकालका घटनाहरुका पछि कुदेका छन् । कयौं त फेरि समाजमा पुरानै युद्धकालका हैसिएतमा र्फकन चाहन्छन् । त्यसको लागि आफ्नो पेसा, आम्दानी र चर्चा पुनर्जीवित गर्न देशमा तनावको सृजना गर्न चाहान्छन् । हत्या हिंसा राज्य पक्षबाट होस या अन्यवाट त्यसको बारेमा हल्ला खल्ला, प्रचार प्रसार तथा सेमिनार र गोष्टि तथा शान्तिको प्रचार प्रसार गर्दा जुन फाइदा ब्यतिगत तथा सामाजीक जीवनमा अझ राज्यका नीति नियमहरुलाई स्विकार नै नगरी वैदेशिक डलरमा जुन आम्दानी हुन्छ वास्तविक शान्ति प्रक्रियामा त्यो सबै बन्द हुन पुगेको छ । उनिहरु त्यो घाटावाट मुक्त हुन र नेपालमा हिंसा तथा अराजकता र राजनैतिक द्वन्द्वलाई स्थायित्व दिन चाहान्छन । सबै त्यस्ता छन भन्ने होइन र त्यस्ता दुर्नियतका संस्थाहरु कम छन भन्ने पनि होइन । 

चौथो कारण, आम मिडिया तथा त्यसका मालिक र कर्मीहरु, जस्का आजका प्रतिपक्ष राजनैतिक स्वार्थको सेवा गर्न तथा प्रचार प्रसारलाई सुचना र जानकारीको माध्यम भन्दा पनि सत्ताको रुपमा स्थापित गर्न चाहान्छन । उनिहरु सबै मिलेर जस्लाई पनि बनाउन र सिध्याउन सकिन्छ भन्ने भ्रम छ र सिंगो जनआन्दोलनमा समेत आम जनसहभागिता र वलिदान भन्दा आफ्नो  प्रचारको महत्व देख्छन । उनिहरु आफ्नो अनुकुलतामा ढालेर संप्रेशण गर्छन र आसरकार तथा सत्ताको गठन र विघटनको शक्ति आफुलाई बनाउन लागेका छन जस्का कारण तथ्यहरुलाई आफ्नो अनुकुलतामा ढालेर संप्रेशण गर्छन र विरोधिहरुकालागि प्रचारको आतंक खडा गर्न पुग्छन । त्यसैले कतिपय मेडियाहरु उत्तेजनात्मक प्रचारका कारवाही चलाइरहेका छन । 

यस्ता कारणहरुले आज देशमा कयौं महत्वपूण मुद्धहरुलाई आझेलमा राखेर डेकेन्द थापाहरुलाई बेकेर लासको राजनितिलाई प्राथमिकतामा राखेका छन । जस्ले देशलाई दिर्घकालिन शान्ति र समुन्नत भविष्यबाट टाढा लाने प्रयास गरिरहेको छ । जनअधिकारको वितरणमा उदार, देशको स्वधिनता र राष्टको गौरव प्रति इमानदार, विगतका नमिठा र पींडादायी घाउहरु निको पार्न धैर्य तथा विवेक र साझा रुपमा सम्वेदनशिल हुनु, ब्यक्ति तथा पार्टीका लागि नभएर आम जनहितका निदिष्ट लक्षहरु सम्पन्न गर्ने जीम्मेवारीका लागि सत्ताको  जीम्मेवारी लिन तथा दिन तयार हुनु बाहेक आजको संकटको कुनै मैत्रिपूर्ण निकास छैन । 

Saturday, February 9, 2013

अखिल (क्रान्तिकारी) र १९औं राष्ट्रिय सम्मेलनको औचित्य

सुरेश गौतम

अखिल (क्रान्तिकारी)को १९औं राष्ट्रिय सम्मेलन ऐतिहासिक रुपमा हालै सम्पन्न भएको छ । नेपालको विध्यार्थी आन्दोलन दिशा विहिन र आपसमा विभाजित बनिरहेको तथा यसका मुलभूत मान्यता र आदर्श तथा इतिहासको गौरवको रक्षा गर्ने सबालमा अत्यन्त कम्जोर बन्दै गइरहेको पृष्ठभूमिमा सम्पन्न यो सम्मेलनले विशेष महत्व राख्ने छ । हाम्रा आगाडि आज नेपालको  विध्यार्थी आन्दोलनलाई सहि दिशा र गति दिने कुरामा धेरै चुनौतिहरु खडा भएका छन् । यि चुनौतिहरुको सामना गर्न र समुन्नत समाज ब्यबस्थाको आधारको रुपमा शिक्षा ब्यवस्थाको स्थापना गर्न आजको बस्तुगत अनुकुलताको लाभ उठाउदै आफूलाई एउटा विकल्पको रुपमा प्रस्तुत गर्न निणार्यक पहलकदमी लिने कार्यदेश नै हाम्रो सम्मेलनमो मुल कार्यदेश हो । 

नेपालको  विध्यार्थी आन्दोलन राष्ट्रिय स्वधिनताको रक्षार्थ देशभक्तिपूर्ण आन्दोलन हो । नेपालको  विध्यार्थी आन्दोलन अन्याय, अत्याचार, उत्पीडनबाट देश र समाजलाई मुक्ति दिने जनतनत्रको स्थापनाको आन्दोलन हो । नेपालको  विध्यार्थी आन्दोलन दैनिक जनजीवनमा आउने अनेकौ कठिनाई र जटिलता र त्यसको कारणका विरुद्धको आन्दोलन हो । अनि नेपालको  विध्यार्थी आन्दोलन नेपालका  विध्यार्थी समुदायको हक अधिकारको रक्षा र विकास तथा देश र काल अनुरुप शिक्षा ब्यवस्थाको रुपान्तरणको आन्दोलन हो । इतिहासबाट हामीले नेपालको  विध्यार्थी आन्दोलनका यि चार मुलभूत आयामहरु स्थापित भएको देख्छौं । सारमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र विध्यार्थीका राजनैतिक तथा शैक्षिक हक अधिकार र शिक्षा ब्यवस्थाको रुपान्तरण यि चारै आयामहरुमा नेपालका  विध्यार्थीहरुले ठुला ठुला वलिदानिपूर्ण संघर्ष गरेको  विध्यार्थी आन्दोलनको इतिहास छ । सामन्ति निरंकुशतावादी तथा दलाल र शिक्षा बजारका मालिकहरुको सत्ताका विरुद्धको संघर्षको इतिहासमा नेपालका धेरै युवा  विध्यार्थीहरुले वलिदान दिएका छन् । यिनै वलिदानको मूल्यमा नेपालमा ठुलठुला राजनैतिक परिवर्तनहरु समेत भए र शडकबाट सत्तामा धेरै ब्यक्ति तथा संस्था सत्ता र शासकमा रुपान्तरण समेत भए । 

साडे छ दशक लामो संगठित  विध्यार्थी आन्दोलन सत्ता गठन र विघटनका शक्तिशाली कारण बन्न पुगेको छ । तर आज देशको राष्ट्रियता अत्यन्त संकटमा पुर्‍याइएको छ । देशलाई परनिर्भर बनाइएको छ । शासन सत्ताका सबैजसो निर्णयहरु पछिल्लो समयमा राष्ट्रिय स्वार्थका विरुद्धमा हुदै आएका छन् । हाम्रो देशको साधन श्रोतहरुको प्रयोग विस्तारवादी-साम्राज्यवादी स्वार्थमा भइरहेको छ । आज देशमा आम अराजकता, असुरक्षा भ्रष्टाचार मौलाई रहेको छ । न्याय र कानुन जनताको पौंच भन्दा टाढा हुदै गएको छ । जताततै भ्रष्ट राज्य-संयन्त्र, माफिया तथा काला बजारीहरुको राज कायम भएको छ । देशमा जनताको जनतन्त्र स्थापना हुन सकेको छैन । देशी विदेशी प्रतिक्रियावादीहरुले देशलाई पुरानै संसदिय दलाल, नोकरशाह तथा सामन्त वर्गको स्वार्थको सेवा गर्ने शासन व्यवस्था फर्काउन या पुनर्स्थापना गर्न निर्णायक वल गरिरहेका छन् । जस्का विरुद्धमा नेपालमा सबैभन्दा लामो र ठुलो संघर्ष र त्यस क्रममा धेरै ठुलो वलिदान समेत भयो । फेरि पनि नेपाली जनताले नरुचाएको र नेपालमा सम्पूर्ण रुपमा असफल भएको मुठ्ठीभर दलाल, नोकरशाह र यहाका सामन्तहरुको स्वर्थको रक्षा गर्ने र आम मजदुर, किसान, उत्पीडित जाति, जनजनति, महिला, दलित लगाएत उत्पीडित जनताको अधिकारको रक्षा गर्न नसक्ने सत्ता व्यवस्था थोपर्ने षड्यन्त्र हुदै छ ।



शिक्षाको ब्यापार अनियन्त्रीत र अव्यवस्थित ढंगबाट बढाइएको छ । आम नेपालीका लागि आर्थिक हैशियत अनुसार फरक फरक शिक्षा लिने अवस्था पैदा भएको छ । जस्का कारण नागरिक समेत फरक फरक वर्गका यहा सम्म की भारतीय पाठ्यक्रमको अनाधिकृत प्रयोग गर्दै भारतीय राष्ट्रियतालाई नै आफ्नो राष्ट्रियता भन्ने समेत वर्ग पैदा गर्न आजको शिक्षा व्यवस्थाले वातावरणको अनुकुलता र परोक्ष रुपमा प्रेरणा प्रदान गरिरहेको छ । दिर्घकालिन रुपमा यो नेपालको लागि निकै घातक कुरा हो । यसबाट दिर्घकालिन रुपमा नै शोसक र उत्पीडित तथा शाषित वर्ग पैदा गर्ने काम राज्यले गरिरहेको छ । अर्कोतिर राज्य सम्पूर्ण रुपमा शिक्षा क्षेत्रबाट हात झिक्न खोजिरहेको छ , त्यो पनि साम्राज्यवादीहरुको वित्तिय स्वर्थमा परेर । सरकारी लगानिका सार्वजकि शिक्षालयहरु हरेक दिन अब्यवस्थित बन्दै गइरहेका छन् । सरकारी लगानी रहेका शिक्षामा लगानिका तुलनामा प्रतिफल धेरै निराशाजनक बनेको छ । तर पनि सरकार तथा आजको शिक्षा व्यवस्थाले सार्बजनिक शिक्षालाई ब्यवस्थित, मर्यादित र परिणाम मूखि बनाउन कुनै गुणात्मक भूमिका निर्वाह गरिरहेका छैनन् । सत्ता संचालकको हैसियतमा रहेकाहरु आफै शिक्षा ब्यापारको लाभ हासिल गरिरहेका छन् । निजी शिक्षा भएको आफ्नो लगानीको रक्षा र विकासमा प्रतिकुल असर नपार्न प्रत्यक्ष या परोक्ष रुपमा तिनिहरुले नीति निर्माण तहमानै वसेर शिक्षाको ब्यापारमा योगदान गरिरहेका छन । आजका मूख्य राजनैतिक दलका कयौं नेताहरु आफै शिक्षाका ब्यापारीमा परिणत भएका छन । 

सरकार तथा निजी क्षेत्रबाट  विध्यार्थीलाई दिने शिक्षा देशको आवश्यक्ता पुरा गर्ने र देशलाई उत्पादन दिने जनशक्ति पैदा गर्ने प्रकारको छैन । आम रुपमा आजको नेपालको शिक्षा व्यवस्थाले ठुलो संख्यामा अदक्ष र शिक्षीत बेरोजगारहरु र सिमित मात्रमा आजका विकसित देशका श्रम बजारमा विकाउन दक्ष श्रमिकहरु उत्पादन गरिरहेका छन । यस्ता ब्यवसायीक दक्ष जनशक्ति उत्पादीत हुने शैक्षिक संस्थामा केहि उच्च तथा मध्यम वर्गीय आर्थिक आधार भएका सिमित विद्यार्थीहरुको लागि मात्र उपलब्ध छ र त्यो पनि सोहि बर्गीय आधार भएकाहरुका लागि पनि पर्याप्त छैन, लगानी गरेर पढ्न चाहनेका लागि पनि पर्याप्तरुपमा उपलब्ध हुन सकेको छैन । उत्पादित सिमित दक्ष जनशक्तिका लागि पनि अवसर दिएर देशका लागि लाभ हासिल गर्न सरकार पुरै असफल भएको छ । त्यसैले आज देश एकातिर झन झन गरिव हुदै छ भने अर्को तिर बेरोजगारी गम्भिर समस्या बन्न पुगेको छ । 

शिक्षाको वजार यति खुला गरिएको छ की विदेशिहरु खास गरेर भारतिय लागानि कर्ताहरु खुलेआम भारतिय पाठ्यक्रम र राष्ट्रियतालाई नेपालमा नेपालकै विरुद्धमा विस्तार गरिरहेका छन् । जुन देशको सार्बभौमसत्ताको विरुद्धमा छ । साम्राज्यवादी भाषा तथा संस्कृतिको प्रचार प्रसार र हाम्रो देशको मौलिक भाषा तथा संस्कृतिमाका विरुद्धमा तिव्र हस्तक्षेप तथा अतिक्रमण शिक्षा र पाठ्यक्रम मार्फत गरिएको छ । 

यति हुदाहुदै पनि विद्यालय उमेरका लाखौंलाख बालबालिका विद्यालयबाट बाहिर छन । उनिहरुको साक्षरताको हक समेत कुण्ठीत भएको छ । हाल सम्म बढीमा वार्षिक बजेटको १७.४ % सम्म सरकारले शिक्षमा लगानि गरेकोमा हाल त्यो भन्दा कम बजेट छुट्याएको छ । यो रकम नियमित खर्चका लागि पनि पर्याप्त छैन । शिक्षाको विकासमा सरकार नकारात्मक रुपमा प्रस्तुत भएको छ र सरकार अझै शिक्षाको दायीत्वबाट पन्छिन खोजीरहेको छ । अर्को तिर सरकारी लगानी वरावर कै रकम दात्रिनियकायबाट विभिन्न सर्त सहित नेपाल भित्रिन्छ । त्यो कहा कसरी खर्च हुन्छ र त्यसबाट के लाभ भयो भन्ने कुनै हिसाब र अनुगमन तथा मुल्याङकन हुदैन । 

देशका विश्वविद्यालयहरु र CTEVT राजनैतिक दलका कार्यकर्ता भर्तिका केन्द्र बनेका छन । राजनैतिक भागबण्डा गरेर विश्वविद्यालयहरु सदावहार संर्घषको मैदान बनाइएका छन । जस्का कारण विश्वविद्यालयका नियमित गतिविधिहरु बारम्बार अवरुद्ध बनेका छन । विश्वविद्यालय र CTEVT बाट शैक्षिक कार्यक्रमरुको सम्बन्धन लिने तथा दिने कुरा लुटपाट जस्तै बनेको छ । नियम पुरा गरेकाहरु वाट ठुलो घुस रासी लिएर मात्र कार्यक्रमको सम्बन्धन दिने तथा योग्यता र पुर्वाधार नभएकाहरुलाई घुस लिएर कार्यक्रम स्विकृत गराउने समस्या विकराल बन्दै गएको छ । सीधा राजनैतिक र प्रशासनिक नेतृत्व संग जोडिएको यो समस्या समाधान गर्न आज राज्य संचालक र त्यसको राज्य संयन्त्र कुनै चासो राखिरहेको छैन । खासमा उनुहरु कुनै घाटा व्यहोर्न चाहादैनन् ।

आज सत्ता राजनिति र शिक्षा क्षेत्रमा पैदा भएका यस्ता तमाम विकृति र विसंगतिले हाम्रो समाज र राजनितिलाई अस्तब्यस्त बनाएको छ । यस्लाई साम्राज्यवादी तथा विस्तारवादीहरु र तिनका दलालहरुले आफ्नो अनुकुलतामा ब्यवस्थित तथा सुदृढ गर्न खोजीरहेका छन् भने अर्को तिर नेपाल र नेपाली जनसमुदायको आवश्यक्ता र आकांक्षा अनुरुप राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकाको सुश्चिता तथा शिक्षा ब्यवस्थाको स्थापना र विकास गर्ने गरी आन्दोलन संगठित हुदै गएको छ । यतिखेर यो अन्तर्विरोध विस्तारवादका दलाल, दलाल चरित्र धारण गरेका  नोकरशाह र सामन्तवादीहरु र  नेपालका आम जनसमुदाय विचको निर्णायक टकरावमा विकास हुदै छ ।

देशको गम्भिर राजनैतिक संकटको उत्कर्ष र जनपक्षिय समाधानको निर्णायक प्रयत्नका वीचमा हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी)को सममेलन सम्पन्न भएको छ । हाम्रो सम्मेलनले देशको राष्ट्रिय स्वाधिनता र जनतनत्रका विरुद्धका सबै साम्रज्यवादी विस्तारवादी र तिनका दलाल, नोकरशाह र सामन्तवादीहरुले नेपाली जनताको विरुद्ध गर्ने सवै षडयन्त्रको विरुद्धमा जनताको साथमा रहेर निर्णायक संघर्षमा सामेल हुने निर्णय गरेको छ । दोश्रो, राजनैतिक आन्दोलनमा ठूला ठूला परिर्वतनहरु हुदा र विगतमा शडकमा रहेका राजनैतिक शक्तिहरु सत्तासिन बन्दा समेत नेपालको शिक्षा क्षेत्र अस्त व्यस्त छ । नीजीकरण र व्यापारीकरणको मात्रा झन गुणातमक बढेको छ । सरकारको नियन्त्रण भन्दा बाहिर रहेर विस्तारवादी तथा साम्राज्यवादी प्रभाव विस्तार गर्न र देशको स्वाधिनता र सावैभौमिकताका विरुद्धमा शिक्षालयहरु संचालित छन् । लाखौं करोडौं रुपया बराबरका अबैध तथा कालो कारोवार राजनैतिक नेतृत्व र शिक्षा प्रशासनका उच्च ओहोदामा रहेकाहरुको संरक्षणमा हुदैआएका छन् । शिक्षा क्षेत्रका यि तमाम विकृति र विसंगतिका विरुद्ध निर्णायक  प्रतिरोध संघर्षको संचालन गर्ने तथा देश र काल सुहाउदो शिक्षाको ब्यवस्था गर्न संघर्षको वलमा परिस्थितिको निर्माण गर्ने निणर्य गरेको छ ।

आज विभिन्न दल तथा तिनका राजनैतिक जायज नाजायज स्वार्थका घेरामा परेका विद्यार्थी संगठनहरुलाई आजका शैक्षिक र राष्ट्रिय स्वाधिनताको आन्दोलनको लागि साझा मोर्चाको निर्माण तथा सहकार्यकालागि पुरै मेहनत गर्ने र त्यसो हुन नसके तलबाट ब्यापक ध्रुविकरण सहित आफ्नै पहलमा आम विद्यार्थीका साथमा रहेर संघर्ष गर्ने निर्णय १९ औं राष्ट्रिय सम्मेलनले गरेको छ । 

शिक्षा क्षेत्र भित्रका समस्याहरुको समाधानको लागि न्युनतम सुधार तथा आमुल परिवर्तनका मागहरुलाई ब्यवस्थित गर्दै तत्कालका लागि काक्षा १२  सम्मको शिक्षा पूर्ण निशुल्क गर्ने र उच्च शिक्षामा सरकारी दायीत्वको बृद्धि तथा आम जनसमुदायका पौंचमा पुर्‍याउने । शैक्षिक पाठ्यक्रम अव्यवहारिक, अनुत्पादक, र हाम्रो देशको माटो अनुकुल छैन । यसलाई परिवर्तन गर्ने र यसलाई देशको उत्पादन ब्यवस्थालाई विकसित गर्ने मेरुदण्डको रुपमा औद्योगिक तथा बहु प्राविधिक बनाउने  । शिक्षाको अध्यात्मवादी आदर्शवादी दृष्टिकोणलाई परिवर्तन गरि न्युन्तम रुपमा देशभक्त तथा बैज्ञानिक दृष्टिकोणको विकास गर्न लायक बनाउने । कक्षा १२ सम्म सम्पुर्ण शिक्षाको ब्यपारलाई प्रतिबन्द लगाउने तथा बालवालिकाको हकमा शिक्षा मौलिक हक तथा अनिवार्य बनाउने । शैक्षिक संस्था तथा विश्वविद्यालयहरुमा राजनैतिक भागबण्डाको आधारमा गएकिा सम्पूर्ण  नियुक्तिहरु तथा शिक्षक, प्राध्यापक तथा कर्मचारीहरुमा बढ्दो अराजकता तथा अनुत्तरदायी गतिबिधिको अन्त्य गर्ने । शिक्षामा साम्राज्यवादी तथा विस्तारवादी स्वार्थका सर्त सहित  आउने सबै वैदेशिक लागानी रोक्ने । शैक्षिक संस्थाको ब्यवस्थापन, पाठ्यक्रम तथा भाषाको रुपमा भित्रिएको साम्राज्यवादी तथा विस्तारवादी सास्कृतिक हस्तक्षेप र नेपाली कला, संस्कृति र मौलिक पहिचानमाथिको अतिक्रणको अन्त्य गर्ने । नेपाली जनतासंग भएका विभिन्न ज्ञान, सिप तथा दक्षता र अनुभबहरुलाई औपचारिक र संस्थागत गर्न खुला विश्वविद्यालय संचालनमा ल्याउने लगाएतका महत्वपूर्ण शैक्षिक मागहरुलाई तत्कालिन न्युनतम सुधारको लागि निर्णायक रुपमा राज्य समक्ष राख्ने र त्यसको कार्यान्वयनको लागि संघर्ष गर्न सम्मेलनले दिशानिर्देशन गरेको छ । 

नेपालको विद्यार्थी आन्दोलनको पछिल्लो अवस्थामा हाम्रा अगाडि केही यस्ता निर्णायक प्रश्हरु खडाभएका छन्, जसको जबाफ नदिई अगाडी जानै सकिंदैन  । पहिलो, आज दलगत स्वार्थको पछि लागेर नेपालको विद्यार्थी आनदोलनलाई दलको राजनैतिक स्वार्थको वरिपरि घुमाइ राख्ने की त्यस भन्दा अगाडि बढेर आफ्ना शैक्षिक एजेण्डा कार्यनवयन गर्ने तथा देशले अग्रगतिको बाटोमा सामना गर्नु परेका तगारोहरु संग हुदै गरेको संघर्षलाई दरिलो साथ तथा सहयोग प्रदान गर्ने ?

नेपालका तत्कालिन सबैजसो प्रमुख दलहरु साम्राज्यवादी तथा खास गरि भारतीय विस्तारवादी स्वार्थको गोटी बन्न पुगेका थिए । खासगरि त्यतिखेर प्रचण्ड र बाबुरामको नेतृत्वमा एनेकपा (माओवादी) आफ्ना सबै परिवर्तनका प्रमुख एजेण्डाहरुलाई सडकमा अलपत्र छाडेर विस्तारवादीहरु संग आत्मसमर्पण गर्दै पुराना संसदवादी दलाल शक्तिहरु संगको प्रधान अन्तर्विरोधलाई अन्त गर्दै सत्तारोहण गर्न पुग्यो । दलाल चरित्रको सरकारले विप्पा सम्झौता, विमानस्थलका व्यवस्थापनको जिम्मा भारतलाई दिने, सुपुरदगी सन्धी सम्बन्धी अध्यादेश जारी गर्ने लगाएतका गम्भिर प्रकारका राष्ट्रघाती कामहरु एकपछि अर्को गर्दै गरिरह्यो । एक वर्षमा प्रत्यक्षरुपमा नौ पटक र अप्रत्यक्ष रुपमा हरेक दिनजसो चर्को मुल्य विद्धी थोपरेर जनताको दैनिक जीवनलाई असैह्य कष्टकर बनायो । कालाबजारी र माफियाहरु संग मिलेर जनअपराध गर्न पुग्यो । भ्रष्टाचारलाई प्रसय दियो । जनमुक्ति सेनालाई आत्मसमर्पण गरायो । भूमिहिन सुकुम्वासी बस्तिमा डोजर लगाउने र शसस्त्र वल लगाएर गरिएको वर्वर दमनको क्रममा धेरै बच्चाहरुको गर्व अवस्थामानै हत्या समेत गर्‍यो । क्रान्तिकारी भूमिसुधारको नीति छाडेर जनयुद्धकालमा क्रान्तिकारी सरकारले कब्जा गरेर जनतलाई वितरण गरेको जग्गा विना विकल्प सुदखोर तथा सामन्तहरुलाई फिर्ता गर्ने र भोगचलन गर्दै आएका भुमिहिन जनतालाई बेघर बनाउने काम गरियो । महान जनयूद्धका क्रममा अपराधिक हर्कत गरेका कयौं जन अपराधिहरुलाई उनिहरुको अपराधको दण्ड दिन छाडेर पुरस्कृत गर्ने काम गर्‍यो । संविधान निर्माणको सवालमा समेत मुलभूत क्रान्तिकारी नितिहरु परित्याग गर्दै प्रतिक्रियावादी वर्ग (भारतीय दलाल र नोकर शाहहरु तथा सामन्तीहरु संग) घुाडा टेक्न पुग्यो । र अन्तत राष्ट्रिय आत्मसमर्पण र वर्गिय आत्मसमर्पणका विरुद्ध पैदा भएका शक्तिशाली जनदवावको अगाडि टिक्न नसकेर सम्विधान सभा नै विघटन गर्न पुग्यो । यस्तो बेला नेपालको सबै भन्दा क्रान्तिकारी आन्दोलनले ठुलो धक्का खान पुग्यो । कम्युनिष्ट पार्टीमा विचार र नेतृत्व दुवैमा विचलन आयो । ठिक यतिनै बेला क्रान्तिका कयौं महत्वपूर्ण उपलब्धिहरुको रक्षा सहित नेपालको क्रान्तिकारी आन्दोलनलाई निर्णायक विजयमा पुर्‍याउने जिम्मेवारी लिदै क किरणको नेतृत्वमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको पुनरगठन भयो । 

यस्तो बेलामा हाम्रो अगाडि क्रान्तिलाई जारी राख्ने की आत्मसमर्पण गर्दै ब्यक्तिगत या सत्ता स्वार्थको भोग गर्दै नवसंसोधनवादी भएर याथास्थितिमा रहने भन्ने दोश्रो प्रश्न खडा भयो । तेश्रो, नेपालको विद्यार्थी आन्दोलनलाई सिंहदरवारको वरीपरी घुमाउदै सत्ताको लाभ लिने की सडक कव्जा गरेर आम विद्यार्थीका शैक्षिक तथा राजनैतिक अधिकारको रक्षा तथा तत्कालिन सत्ताले जनतामा थोपरेको महंगी र राष्ट्रघात विरुद्ध संघर्ष गर्ने ? चौथो कर्मकाण्डिय हिसाबले तत्कालिन सुधार तथा परिवर्तनका एजेण्डा उठाउने र सारमा समस्यालाई समाधान गर्न कुनै निर्णायक पहल कदमी नलिने की तत्कालिन सुधार तथा आमुल परिवर्तनको शैक्षिक मुद्दाहरुलाई कार्यनवयन गर्न निर्णायक संघर्षको पहलकदमी लिने भन्ने प्रश्नहरु हाम्रा अगाडि थिए ।

अनेरास्ववियू (क्रान्तिकारी)को १९ औं राष्ट्रिय सम्मेलनले पहिलो विद्यार्थी आन्दोलनका आफ्ना विषेश कार्यभारहरु छन र त्यसलाई आम जनहित अनूरुप सम्पन्न गर्न संघर्षको नेतृत्व गर्ने । दोश्रो, सहि अर्थमा नेपालको सर्वहारा तथा उत्पीडित जनताको शासन सहितको राष्ट्रिय स्वाधिनताको आन्दोलनको नेतृत्व गर्ने सर्वहारा तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी-माओवादीको पक्षमा र आजका नवसंसोधनवादीहरु संग सम्बन्ध विच्छेद गरेर प्रचण्ड र बाबुराम भट्टराई तथा तिनको सरकारले गरेका सबै देश तथा राष्ट्रघाती निर्णयहरुको विरुद्धमा खडाहुने । तेश्रो, आम विद्यार्थी तथा जनसमुदायका माझमा बसेर सरकार तथा सत्ताले गरेका सबै जनविरोधी दुष्कर्मको विरोध गर्ने र चौथो, आज शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगति बाट शिक्षा ब्यवस्थालाई मुक्त गर्दै समुन्नत शिक्षा ब्यवस्थाको निर्माणको विकल्पको लागि संघर्षको नेतृत्व गर्ने क्रान्तिकारी जवाफ दिन राष्ट्रिय सम्मेलन सफल भएको छ । 

नेपालको वर्गिय मुक्ति आन्दोलनलाई हठात तुहाउने र साम्राज्यवादी तथा विस्तारवादी स्वार्थको दलाल बनेर आम जनताको आमुल परिवर्तनको आकांक्षाको घाटी निमोठ्ने गतिविधि उत्कर्ष तिर जाँदै गर्दाको पृष्टभूमिमा हाम्रो सम्मेलन क्रान्तिकारी धाराको पक्षपोषण गर्दै सम्पन्न भएको छ । सहि दिशा र गति पकड्न नसकेर विद्यार्थी आन्दोलन अलग थलग हुदै गरेको अवस्थामा विकल्प सहित संगठित र जुझारु आनदोलनको नीति र योजना निमार्ण गर्दै सम्पन्न हाम्रो सम्मेलन युगान्तकारी परिघटना बन्न पुगेको छ । 

राष्ट्रिय सम्मेलनले पहिचान गरेका मुलभूत एजेण्डाहरुलाई कार्यन्वयन गर्न बनेको जुझारु विद्यार्थी आनदोलन संठित गर्ने र नेपाली समाजको राजनैतिक, आर्थिक र सामाजिक रुपान्तरणको गतिरोधको विरुद्धको संघर्षलाई सम्पूर्ण रुपमा सफल पार्न सम्पुर्ण तागत लगाउने ऐतिहासिक निर्णयहरु गरेको छ । आजको सन्दर्भमा यो सबैभन्दा क्रान्तिकारी निर्णय गर्ने संगठन हो । यसका युगान्तकारी महत्वका निर्णयहरुको कार्यन्वयन र यसका स्पष्ट दिशानिर्देशनको पालनाबाट नै नेपालको सनदर्भमा आजको सहि विद्यार्थी आन्दोलन निर्माण हुन सक्छ । सम्मेलन संगठनको जीवनमा सुधारवाद, सम्झौतावाद तथा नवसंसोधनवाद लगाएत सबै खाले अवसरवाद बाट मुक्त गर्न विचार र संगठनका क्षेत्रमा निर्णायक पहल कदमी लिन सफल भएको छ साथै योजनाको बस्तु सापेक्ष कार्यान्वयनबाट आजको जर्जर र निकम्म शिक्षा ब्यवस्थाबाट मुक्तिको लागि सही र क्रान्तिकारी लक्ष हासिल गर्न हामीलाई स्पष्ट दिशानिर्देशन गरेको छ । 

अनेरास्ववियू -क्रान्तिकारी)को १९औं राष्ट्रिय सम्मेलन - जिन्दावाद !