एउटा भौतिक शरीरको जरुर अन्त भएको छ, तर साम्राज्यवाद बिरोधी आस्था, बिश्वास र त्यस बिरुद्धको प्रतिबद्धताको मृत्यु साम्राज्यवाद र त्यसको शोषण उत्पीडन रहेसम्म कहिलै हुने छैन र त्यसका बिरुद्धको आन्दोलन कदापि कम्जोर भएको छैन र हुने छैन। ह्यूगो चाभेज साम्राज्यवाद बिरुद्धको संघर्षको एक आस्था, बिश्वास र प्रतिबद्धता थिए अनि भेनेजुयला र त्यहाका जनताका महान नेता तथा यस धर्तिका असल पुत्र थिए । उनको मृत्युमा आज संसार भरिका जनताका दुखित भएका छन् । भेनेजुयली जनताका राष्ट्रपति तथा आजको साम्राज्यवाद बिरोधी संघर्षका महान नेता ह्यूगो चाभेजलाई उहाले चलाउनु भएको साम्राज्यवाद बिरोधी संघर्षको लागि सम्मान सहित भेनेजुयली जनता प्रति हार्दिक समबेदना र महान नेता ह्यूगो चाभेज प्रति हार्दिक श्रद्धान्जली !



