दृष्टिकोण




युद्धकालमा नेपाल पत्रकार महासंघको सदस्यता बोक्ने एक जना मारिए । त्यतिबेला जतिबेला उनि मारिएका थिए, धेरै होहल्ला र विरोधहरु आम प्रचारका साधन मार्फत भएका थिए र त्यसको जवाफमा तत्कालिन पार्टी नेतृत्वले जनताको सम्वेदना प्रति उत्तरदायी हुदै सार्बजनिक रुपमा क्षमायाचना समेत गरेको थियो । ति थिए डेकेन्द्र राज थापा ।
आज भोलि डेकेन्द्र थापा आम संचार, गैर सरकारी संस्थाहरु, मानवअधिकारवादीहरु र माओवादी विरोधी राजनैतिक दल तथा ब्यक्तिहरुका लागि गतिलो मसला बन्न पुगेका छन् । माओवादीको विरोध गर्ने बहाना बन्न पुगेका थापाका हत्याराहरु भएको आरोपमा यतिखेर ने क पा-माओवादीका नेता तथा कार्यकर्तालाई गिरफतार गरी प्रहरी प्रशासनले सरकारी वकिल समेतको मिलेमतोमा परिवार तथा आफन्तहरु समेतलाई भेट्न नदिएर कानुनि प्रक्रिया मिलाएर नै बेपत्ता बनाईएका थिए । अर्कोतिर उनले दिएको बयान भन्दै एकातर्फी रुपमा हत्याको आरोप स्विकार गरेको प्रचार वाजी सुनियोजित रुपमा गएकिो छ । यस्ता आफुले नगरेको अपराधको स्विकारोक्ति गर्न शाही शासनकालमा पनि धेरैलाई अनुसन्धान भन्दा ब्यक्तिलाई शारिरिक र मानसिक यातनाको वलमा  बाध्य परिन्थ्यो र अहिले यो नै अपराध अनुसन्धानको प्रमुख तरिकाको रुपमा प्रयोग भैआएकै छ । सम्पुर्ण माओवादीहरुलाई थ्रेट गर्ने यो सुनियजीत षडयन्त्रको भण्डाफोर र विरोध गर्दै सरकार प्रमुख तथा माओवादी पार्टीहरुले युद्धकालका घटनाहरुको अनुसन्धान र कार्वाही तथा उन्मुक्तिको विषय सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत गर्ने वृहद शान्ति सम्झौताको आधारमा हुनुपर्ने अडान राखे पछि सुनियोजित रुपमानै तनाव बढाउने र पुरानो कानुनको वलमा वृहद शान्ति सम्झौता तोड्ने प्रयास हुन पुगेको छ ।  

को थिए डेकेन्द्र थापा
थापा संग पत्रकार महासंघको परिचयपत्र पनि थियो । यो धेरै महत्वपुर्ण कुरा होइन । किनभने पत्रकार महासंघका सदस्यता भएका धेरै छन् । तर उनिहरु काम र पेषा पत्रकारीता गर्दैनन । युद्धकालमा धेरै पत्रकारहरुले यातना, हत्या र बेपत्ता हुनु पर्‍यो तर पत्रकार भएर पनि उनिहरु संग पत्रकार महासंघको सदस्यता थिएन । थापाले केहि सामाजिक काम गरेका पनि हुन सक्छन । तर खासमा उनी पत्रकार महासंघको परिचयपत्र भित्र लुकेका तत्कालिन सामन्ती प्रतिगामी सत्ताका कार्यकर्ता थिए । तत्कालिन शाही कु को बेलामा ज्ञानेन्द्र शाहीले देशलाई सूर्यको किरण छिर्न वाहेक सबै संचार तथा प्रकाशन, प्रसारणलाई अवरुद्ध गर्दै देशलाई कालो रातममा परिणत गरेका थिए । उनको शाही सत्ताको अनुकुलतामा नहुने सबैलाई मार्न उर्दि जारी गरेर मार्न लगाएका थिए । मार्न नसकिएका तथा तत्कालिन अवस्थामा मार्न उपयुक्त नदेखिएकालाई गिरफ्तार गरेर जेल तथा हिरासतमा राखे । यस अन्तर्गत तत्कालिन कंग्रेस नेता गिरिजाप्रसाद कोइराला लगाएत नेताहरु र एमालेका तत्कालिन महासचिव माधब कुमार नेपाल लगाएतका नेताहरुको  दिनरात हिरासतमा वितिरहेको थियो । अन्य कयौं चिरपरिचित नेताहरुको भागा भागा चलिरहेको थियो । कयौं दिल्ली दरवारको सरणमा पुग्न विवस बनेका थिए । 
तिनै राजा ज्ञानेन्द्र शाहीको उपस्थित हुने कार्यक्रमका संचालक बनेर संचार तथा प्रकाशन प्रसारणका पक्षधर र लोकतन्त्रको आन्दोलन विरुद्ध खडा भएका थिए डेकेन्द्र थापा । उनले केही सामाजिक कामहरु पनि गरेको हुन सक्छ । तर उनी निरंकुश शाही सत्ताका एक मतियार थिए उनी संग थियो  नेपाल पत्रकार महासंघको सदस्यता जुन उनी तत्कालिन नेकपा-माओवादी का गतिविधिका विरुद्धमा र लोकतान्त्रिक आन्दोलनका विरुद्धमा समाचार रिपोर्टीङ गर्थेहोलान  सायद उनको राजनैतिक आस्था आनुसार ।
डेकेन्द्र थापा मारिनु ठीक थियो भन्ने पंक्तिकारको आसय होइन । तर जसरी उनको वास्तविकतालाई छोपछाप पारेर आज गम्भिर राजनैतिक षड्यन्त्र हुदै छ । त्यो कति सहि छ भन्ने जान्न उनको विगत र वास्तविकता जन समक्ष आउन जरुरी छ । डेकेन्द्र थापा मारिनु सहि थिएन । उनी मात्र होइन कृष्ण शेनलाई हिरासतमा कुटी कुटी मार्नु पनि सही  थिएन । त्यस्तै सिंगै गाउा बस्तीमा घेरेर तत्कालीन सत्ताले बारम्वार वस्तिमा आगजनि, हत्या र बलात्कार गर्नु पनि जघन्य अपराध थियो । सुरक्षा फौजको नाममा सेना, प्रहरी, या सरकारी आर्थिक र हतियार सहयोगमा स्थानिय प्रतिकार समुहको नाममा लठैतहरुले त्यसो गर्नु सहि थिएन । आज समुहिक हत्याका यस्ता घटनाको संकलन गर्ने हो भने पनि दर्जनौं घटनाहरु छन् । त्यसो गर्न ज्ञानेन्द्र शाह देखि गिरीजा प्रसाद कोइराला, खुमबहादुर, पुणवहादुर, रामचनद्र पौडेल, देवेन्द्रराज कडेल, सुर्यवहादुर थापा, लोकेन्द्रवहादुर चन्द, कमल थापा, माधवकुमार नेपाल, वामदेव गौतम, के पी वली सम्मले संकटकाल लगाउने र सेना तथा प्रहरी र सरकारी कर्मचारीलाई निर्देशन दिनु तल्ला तहका कार्यकर्तालाई पैसा दिएर सुराकी गर्न लागाउनु सहि थिएन । 
फेरि पनि भारतीय शासक वर्गलाई रिझएर सामन्ति, दलाल र नोकरशाह वर्गको हितमा पालैपालो सत्ता भोगको मजालिदै बहुसंख्यक किसान, मजदुर, महिला, दलित, आदिवासी जनजाति, भेरि कणर्ालीका उत्पीडित जनता माथि शोषण तथा दमन थोपर्नु सहि थिएन । विस्तारवादको दलाली र भष्टाचारले ब्याप्त संसदिय ब्यवस्थामा खसी बोकाको मुल्यमा बिक्री हुने नेताको नेतृत्व स्विकार गर्नु आम जनताको लागि लज्जाको विषय बनिरहेको थियो । जनताको जनतन्त्र, जनजीविका र राष्टियता संकटमा परिरहेको कुरालाई लिएर संगठित हुदैगएको जनविरोध र जनताका आकांक्षाको सम्बोधन गर्न छाडेर जनताको विरोधलाई दवाउने दुष्शाहस प्रदर्शन गरेर बारम्बार दमन अप्रेसन संचालन गरेर आन्दोलीत पक्षलाई संगठित रुपमा हतियार बद्ध प्रतिरोध गर्न बाध्यपार्नु सहि थिएन । तर पनि देश गृहयुद्धमा फस्न पुग्यो । शासकहरु एक पछि अर्को आम हत्या र दमनको योजना कार्यनवयन गर्दै गए भने जनताको तर्फवाट त्यसको नया र उच्च स्तरमा प्रतिरोध भयो । पुरानो राज्य मेसिनरीले सम्पुर्ण नेपालमा करिव ८० प्रतिसत ग्रामिण भूभागमा आफ्नो सत्ता गमाउन पुग्यो । 

यस क्रममा केही गल्तीहरु पनि भए जनताको आन्दोलनको तर्फवाट । तर सत्ताको तर्फबाट सचेतता पुर्वक योजना बद्धरुपमा नागरिकलाई पक्रिएर मार्ने, सुराकी गराउने र त्यसको वदलामा पैसा दिने, महिलालाई बलात्कार गर्ने, गाउ र बस्तिमा आगजनी, तोडफोड गर्ने, सारा गाउका नागरिकलाई आम्पसमर्पण गराउने, स्थानिय लठैतहरुलाई हतियार पैसा दिएर जनतामाथि ज्यादती गर्न लगाउने लगाएतका जघन्य अपराध गर्नमा ज्ञानेन्द्र शाह देखि गिरीजा प्रसाद कोइराला, खुमबहादुर, पुणवहादुर, रामचनद्र पौडेल, देवेन्द्रराज कडेल, सुर्यवहादुर थापा, लोकेन्द्रवहादुर चन्द, कमल थापा, माधवकुमार नेपाल, वामदेव गौतम, के पी वली सम्मले राज्यको सुरक्षा अंग र कर्मचारीलाई प्रयोग गरे । जसबाट आफ्नो अनुकुलतामा ? आफ्नो अनुकुलतामा गर्ने होभने अर्को पक्ष आत्मघात हुदा चुपचाप बस्ने हुनै सक्दैन ।  
किन उछालियो त यो घटनालाई ?

यो घटनालाई यतिखेर नै उछाल्नुका धेरै कारणहरु छन् । पहिलो कारण, नेपाली कंग्रेस र एमाले बाबुरामको सत्ता खोस्न नसकेर हैरान भएका छन् । त्यसको बदला लिन हिजो कंग्रेसको राजनीति गरेका राष्टपति रामवरण यादव समेतको प्रयोग गरेर माथिवाट बाबुरामलाई अवरोध सिर्जना गर्न लागेका छन् । जस्का कारण सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धि अध्यादेश रोक्लगाएका छन् । तर आफूलाई फाइदाहुने पुर्व विशिष्ट पदाधिकारीको सुविधा सम्बन्धि अध्यादेशमा कुनै अबरोध र फरक मत समेत नराखी सजिलै जारी गरियो । सत्ता संचालनमा सम्पुर्ण रुपबाट अवरोध सृजना गर्न तलबाट राजनैतिक बदला स्वरुप आफु अनुकुलका ल्न्इ, क्ष्ल्न्इ , मानव अधिारवादीहरु, वकिल र पत्रकारहरुलाई विरोधमा सडकमा उतार्ने अवसरको भरपूर प्रयोग गर्न चाहान्छन । 

देस्रो कारण, सम्पूर्ण रुपमा माओवादीलाई युद्धमा पराजित गर्न नसक्दा बाध्यता पूर्वका राजनैतिक सम्झौता गर्नु पर्दा पुराना प्रतिगामीहरु सनतुष्ट छैनन् । आजको पुरानो राज्य संयन्त्र भित्र रहेका हुन या बाहिरका दूबै विगतको राजनैतिक हारको बदला लिने मौकाको खोजीमा संधै रहेका छन् । उनिहरु राजनैतिक अनतरविरोध खासगरि विगतमा आमने सामने भएर लडेका राजनैतिक शक्तिहरुको विचमा हुने तनावको फाइदा लिन हतारीएका कारण हतार हतार घटनाका दोषीहरु भन्दै विरोधि पक्षमाथि जाइलागेका छन । नागरिक अगुवा, पत्रकार, मानवअधिकार कर्मी, तथा सुरक्षा अंगका कतिपय मानिसहरु समेत यसमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न भएका छन । 

तेश्रो कारण, NGO. INGO हरु  अझ खास गरी शान्ति र मानवअधिकार तथा द्वन्द्व संग सम्बन्धित संस्थाहरु युद्धका समयमा धेरै फष्टाएका थिए । उनीहरुले राम्रो रोजगारी, प्रचार र आर्थिक आम्दानी समेत गरे । जस्ले नकारात्मक परिणाम दियो भन्ने होइन सकारात्मक नै परिणाम समाजलाई दियो । पछिल्लो शान्तिकालमा यिनीहरु गुमनाम भएका छन प्रचार र प्रभाव तथा कारोवार सबै घटेको छ । यो उनिहरुका लागि सैह्य भएको छैन । देशको सार्वभौमिकता, बस्तुगत राजनैतिक जटिलता र सम्वेदनशिलतालाई वास्ता नगरी आम्दानीका श्रोतहरु सुरक्षित गर्न युद्धकालका घटनाहरुका पछि कुदेका छन् । कयौं त फेरि समाजमा पुरानै युद्धकालका हैसिएतमा र्फकन चाहन्छन् । त्यसको लागि आफ्नो पेसा, आम्दानी र चर्चा पुनर्जीवित गर्न देशमा तनावको सृजना गर्न चाहान्छन् । हत्या हिंसा राज्य पक्षबाट होस या अन्यवाट त्यसको बारेमा हल्ला खल्ला, प्रचार प्रसार तथा सेमिनार र गोष्टि तथा शान्तिको प्रचार प्रसार गर्दा जुन फाइदा ब्यतिगत तथा सामाजीक जीवनमा अझ राज्यका नीति नियमहरुलाई स्विकार नै नगरी वैदेशिक डलरमा जुन आम्दानी हुन्छ वास्तविक शान्ति प्रक्रियामा त्यो सबै बन्द हुन पुगेको छ । उनिहरु त्यो घाटावाट मुक्त हुन र नेपालमा हिंसा तथा अराजकता र राजनैतिक द्वन्द्वलाई स्थायित्व दिन चाहान्छन । सबै त्यस्ता छन भन्ने होइन र त्यस्ता दुर्नियतका संस्थाहरु कम छन भन्ने पनि होइन । 

चौथो कारण, आम मिडिया तथा त्यसका मालिक र कर्मीहरु, जस्का आजका प्रतिपक्ष राजनैतिक स्वार्थको सेवा गर्न तथा प्रचार प्रसारलाई सुचना र जानकारीको माध्यम भन्दा पनि सत्ताको रुपमा स्थापित गर्न चाहान्छन । उनिहरु सबै मिलेर जस्लाई पनि बनाउन र सिध्याउन सकिन्छ भन्ने भ्रम छ र सिंगो जनआन्दोलनमा समेत आम जनसहभागिता र वलिदान भन्दा आफ्नो  प्रचारको महत्व देख्छन । उनिहरु आफ्नो अनुकुलतामा ढालेर संप्रेशण गर्छन र आसरकार तथा सत्ताको गठन र विघटनको शक्ति आफुलाई बनाउन लागेका छन जस्का कारण तथ्यहरुलाई आफ्नो अनुकुलतामा ढालेर संप्रेशण गर्छन र विरोधिहरुकालागि प्रचारको आतंक खडा गर्न पुग्छन । त्यसैले कतिपय मेडियाहरु उत्तेजनात्मक प्रचारका कारवाही चलाइरहेका छन । 

यस्ता कारणहरुले आज देशमा कयौं महत्वपूण मुद्धहरुलाई आझेलमा राखेर डेकेन्द थापाहरुलाई बेकेर लासको राजनितिलाई प्राथमिकतामा राखेका छन । जस्ले देशलाई दिर्घकालिन शान्ति र समुन्नत भविष्यबाट टाढा लाने प्रयास गरिरहेको छ । जनअधिकारको वितरणमा उदार, देशको स्वधिनता र राष्टको गौरव प्रति इमानदार, विगतका नमिठा र पींडादायी घाउहरु निको पार्न धैर्य तथा विवेक र साझा रुपमा सम्वेदनशिल हुनु, ब्यक्ति तथा पार्टीका लागि नभएर आम जनहितका निदिष्ट लक्षहरु सम्पन्न गर्ने जीम्मेवारीका लागि सत्ताको  जीम्मेवारी लिन तथा दिन तयार हुनु बाहेक आजको संकटको कुनै मैत्रिपूर्ण निकास छैन । 

No comments:

Post a Comment