रचना



अखिल (क्रान्तिकारी) र १९औं राष्ट्रिय सम्मेलनको औचित्य

सुरेश गौतम

अखिल (क्रान्तिकारी)को १९औं राष्ट्रिय सम्मेलन ऐतिहासिक रुपमा हालै सम्पन्न भएको छ । नेपालको विध्यार्थी आन्दोलन दिशा विहिन र आपसमा विभाजित बनिरहेको तथा यसका मुलभूत मान्यता र आदर्श तथा इतिहासको गौरवको रक्षा गर्ने सबालमा अत्यन्त कम्जोर बन्दै गइरहेको पृष्ठभूमिमा सम्पन्न यो सम्मेलनले विशेष महत्व राख्ने छ । हाम्रा आगाडि आज नेपालको  विध्यार्थी आन्दोलनलाई सहि दिशा र गति दिने कुरामा धेरै चुनौतिहरु खडा भएका छन् । यि चुनौतिहरुको सामना गर्न र समुन्नत समाज ब्यबस्थाको आधारको रुपमा शिक्षा ब्यवस्थाको स्थापना गर्न आजको बस्तुगत अनुकुलताको लाभ उठाउदै आफूलाई एउटा विकल्पको रुपमा प्रस्तुत गर्न निणार्यक पहलकदमी लिने कार्यदेश नै हाम्रो सम्मेलनमो मुल कार्यदेश हो । 

नेपालको  विध्यार्थी आन्दोलन राष्ट्रिय स्वधिनताको रक्षार्थ देशभक्तिपूर्ण आन्दोलन हो । नेपालको  विध्यार्थी आन्दोलन अन्याय, अत्याचार, उत्पीडनबाट देश र समाजलाई मुक्ति दिने जनतनत्रको स्थापनाको आन्दोलन हो । नेपालको  विध्यार्थी आन्दोलन दैनिक जनजीवनमा आउने अनेकौ कठिनाई र जटिलता र त्यसको कारणका विरुद्धको आन्दोलन हो । अनि नेपालको  विध्यार्थी आन्दोलन नेपालका  विध्यार्थी समुदायको हक अधिकारको रक्षा र विकास तथा देश र काल अनुरुप शिक्षा ब्यवस्थाको रुपान्तरणको आन्दोलन हो । इतिहासबाट हामीले नेपालको  विध्यार्थी आन्दोलनका यि चार मुलभूत आयामहरु स्थापित भएको देख्छौं । सारमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र विध्यार्थीका राजनैतिक तथा शैक्षिक हक अधिकार र शिक्षा ब्यवस्थाको रुपान्तरण यि चारै आयामहरुमा नेपालका  विध्यार्थीहरुले ठुला ठुला वलिदानिपूर्ण संघर्ष गरेको  विध्यार्थी आन्दोलनको इतिहास छ । सामन्ति निरंकुशतावादी तथा दलाल र शिक्षा बजारका मालिकहरुको सत्ताका विरुद्धको संघर्षको इतिहासमा नेपालका धेरै युवा  विध्यार्थीहरुले वलिदान दिएका छन् । यिनै वलिदानको मूल्यमा नेपालमा ठुलठुला राजनैतिक परिवर्तनहरु समेत भए र शडकबाट सत्तामा धेरै ब्यक्ति तथा संस्था सत्ता र शासकमा रुपान्तरण समेत भए । 

साडे छ दशक लामो संगठित  विध्यार्थी आन्दोलन सत्ता गठन र विघटनका शक्तिशाली कारण बन्न पुगेको छ । तर आज देशको राष्ट्रियता अत्यन्त संकटमा पुर्‍याइएको छ । देशलाई परनिर्भर बनाइएको छ । शासन सत्ताका सबैजसो निर्णयहरु पछिल्लो समयमा राष्ट्रिय स्वार्थका विरुद्धमा हुदै आएका छन् । हाम्रो देशको साधन श्रोतहरुको प्रयोग विस्तारवादी-साम्राज्यवादी स्वार्थमा भइरहेको छ । आज देशमा आम अराजकता, असुरक्षा भ्रष्टाचार मौलाई रहेको छ । न्याय र कानुन जनताको पौंच भन्दा टाढा हुदै गएको छ । जताततै भ्रष्ट राज्य-संयन्त्र, माफिया तथा काला बजारीहरुको राज कायम भएको छ । देशमा जनताको जनतन्त्र स्थापना हुन सकेको छैन । देशी विदेशी प्रतिक्रियावादीहरुले देशलाई पुरानै संसदिय दलाल, नोकरशाह तथा सामन्त वर्गको स्वार्थको सेवा गर्ने शासन व्यवस्था फर्काउन या पुनर्स्थापना गर्न निर्णायक वल गरिरहेका छन् । जस्का विरुद्धमा नेपालमा सबैभन्दा लामो र ठुलो संघर्ष र त्यस क्रममा धेरै ठुलो वलिदान समेत भयो । फेरि पनि नेपाली जनताले नरुचाएको र नेपालमा सम्पूर्ण रुपमा असफल भएको मुठ्ठीभर दलाल, नोकरशाह र यहाका सामन्तहरुको स्वर्थको रक्षा गर्ने र आम मजदुर, किसान, उत्पीडित जाति, जनजनति, महिला, दलित लगाएत उत्पीडित जनताको अधिकारको रक्षा गर्न नसक्ने सत्ता व्यवस्था थोपर्ने षड्यन्त्र हुदै छ ।

शिक्षाको ब्यापार अनियन्त्रीत र अव्यवस्थित ढंगबाट बढाइएको छ । आम नेपालीका लागि आर्थिक हैशियत अनुसार फरक फरक शिक्षा लिने अवस्था पैदा भएको छ । जस्का कारण नागरिक समेत फरक फरक वर्गका यहा सम्म की भारतीय पाठ्यक्रमको अनाधिकृत प्रयोग गर्दै भारतीय राष्ट्रियतालाई नै आफ्नो राष्ट्रियता भन्ने समेत वर्ग पैदा गर्न आजको शिक्षा व्यवस्थाले वातावरणको अनुकुलता र परोक्ष रुपमा प्रेरणा प्रदान गरिरहेको छ । दिर्घकालिन रुपमा यो नेपालको लागि निकै घातक कुरा हो । यसबाट दिर्घकालिन रुपमा नै शोसक र उत्पीडित तथा शाषित वर्ग पैदा गर्ने काम राज्यले गरिरहेको छ । अर्कोतिर राज्य सम्पूर्ण रुपमा शिक्षा क्षेत्रबाट हात झिक्न खोजिरहेको छ , त्यो पनि साम्राज्यवादीहरुको वित्तिय स्वर्थमा परेर । सरकारी लगानिका सार्वजकि शिक्षालयहरु हरेक दिन अब्यवस्थित बन्दै गइरहेका छन् । सरकारी लगानी रहेका शिक्षामा लगानिका तुलनामा प्रतिफल धेरै निराशाजनक बनेको छ । तर पनि सरकार तथा आजको शिक्षा व्यवस्थाले सार्बजनिक शिक्षालाई ब्यवस्थित, मर्यादित र परिणाम मूखि बनाउन कुनै गुणात्मक भूमिका निर्वाह गरिरहेका छैनन् । सत्ता संचालकको हैसियतमा रहेकाहरु आफै शिक्षा ब्यापारको लाभ हासिल गरिरहेका छन् । निजी शिक्षा भएको आफ्नो लगानीको रक्षा र विकासमा प्रतिकुल असर नपार्न प्रत्यक्ष या परोक्ष रुपमा तिनिहरुले नीति निर्माण तहमानै वसेर शिक्षाको ब्यापारमा योगदान गरिरहेका छन । आजका मूख्य राजनैतिक दलका कयौं नेताहरु आफै शिक्षाका ब्यापारीमा परिणत भएका छन । 

सरकार तथा निजी क्षेत्रबाट  विध्यार्थीलाई दिने शिक्षा देशको आवश्यक्ता पुरा गर्ने र देशलाई उत्पादन दिने जनशक्ति पैदा गर्ने प्रकारको छैन । आम रुपमा आजको नेपालको शिक्षा व्यवस्थाले ठुलो संख्यामा अदक्ष र शिक्षीत बेरोजगारहरु र सिमित मात्रमा आजका विकसित देशका श्रम बजारमा विकाउन दक्ष श्रमिकहरु उत्पादन गरिरहेका छन । यस्ता ब्यवसायीक दक्ष जनशक्ति उत्पादीत हुने शैक्षिक संस्थामा केहि उच्च तथा मध्यम वर्गीय आर्थिक आधार भएका सिमित विद्यार्थीहरुको लागि मात्र उपलब्ध छ र त्यो पनि सोहि बर्गीय आधार भएकाहरुका लागि पनि पर्याप्त छैन, लगानी गरेर पढ्न चाहनेका लागि पनि पर्याप्तरुपमा उपलब्ध हुन सकेको छैन । उत्पादित सिमित दक्ष जनशक्तिका लागि पनि अवसर दिएर देशका लागि लाभ हासिल गर्न सरकार पुरै असफल भएको छ । त्यसैले आज देश एकातिर झन झन गरिव हुदै छ भने अर्को तिर बेरोजगारी गम्भिर समस्या बन्न पुगेको छ । 

शिक्षाको वजार यति खुला गरिएको छ की विदेशिहरु खास गरेर भारतिय लागानि कर्ताहरु खुलेआम भारतिय पाठ्यक्रम र राष्ट्रियतालाई नेपालमा नेपालकै विरुद्धमा विस्तार गरिरहेका छन् । जुन देशको सार्बभौमसत्ताको विरुद्धमा छ । साम्राज्यवादी भाषा तथा संस्कृतिको प्रचार प्रसार र हाम्रो देशको मौलिक भाषा तथा संस्कृतिमाका विरुद्धमा तिव्र हस्तक्षेप तथा अतिक्रमण शिक्षा र पाठ्यक्रम मार्फत गरिएको छ । 

यति हुदाहुदै पनि विद्यालय उमेरका लाखौंलाख बालबालिका विद्यालयबाट बाहिर छन । उनिहरुको साक्षरताको हक समेत कुण्ठीत भएको छ । हाल सम्म बढीमा वार्षिक बजेटको १७.४ % सम्म सरकारले शिक्षमा लगानि गरेकोमा हाल त्यो भन्दा कम बजेट छुट्याएको छ । यो रकम नियमित खर्चका लागि पनि पर्याप्त छैन । शिक्षाको विकासमा सरकार नकारात्मक रुपमा प्रस्तुत भएको छ र सरकार अझै शिक्षाको दायीत्वबाट पन्छिन खोजीरहेको छ । अर्को तिर सरकारी लगानी वरावर कै रकम दात्रिनियकायबाट विभिन्न सर्त सहित नेपाल भित्रिन्छ । त्यो कहा कसरी खर्च हुन्छ र त्यसबाट के लाभ भयो भन्ने कुनै हिसाब र अनुगमन तथा मुल्याङकन हुदैन । 

देशका विश्वविद्यालयहरु र CTEVT राजनैतिक दलका कार्यकर्ता भर्तिका केन्द्र बनेका छन । राजनैतिक भागबण्डा गरेर विश्वविद्यालयहरु सदावहार संर्घषको मैदान बनाइएका छन । जस्का कारण विश्वविद्यालयका नियमित गतिविधिहरु बारम्बार अवरुद्ध बनेका छन । विश्वविद्यालय र CTEVT बाट शैक्षिक कार्यक्रमरुको सम्बन्धन लिने तथा दिने कुरा लुटपाट जस्तै बनेको छ । नियम पुरा गरेकाहरु वाट ठुलो घुस रासी लिएर मात्र कार्यक्रमको सम्बन्धन दिने तथा योग्यता र पुर्वाधार नभएकाहरुलाई घुस लिएर कार्यक्रम स्विकृत गराउने समस्या विकराल बन्दै गएको छ । सीधा राजनैतिक र प्रशासनिक नेतृत्व संग जोडिएको यो समस्या समाधान गर्न आज राज्य संचालक र त्यसको राज्य संयन्त्र कुनै चासो राखिरहेको छैन । खासमा उनुहरु कुनै घाटा व्यहोर्न चाहादैनन् ।

आज सत्ता राजनिति र शिक्षा क्षेत्रमा पैदा भएका यस्ता तमाम विकृति र विसंगतिले हाम्रो समाज र राजनितिलाई अस्तब्यस्त बनाएको छ । यस्लाई साम्राज्यवादी तथा विस्तारवादीहरु र तिनका दलालहरुले आफ्नो अनुकुलतामा ब्यवस्थित तथा सुदृढ गर्न खोजीरहेका छन् भने अर्को तिर नेपाल र नेपाली जनसमुदायको आवश्यक्ता र आकांक्षा अनुरुप राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकाको सुश्चिता तथा शिक्षा ब्यवस्थाको स्थापना र विकास गर्ने गरी आन्दोलन संगठित हुदै गएको छ । यतिखेर यो अन्तर्विरोध विस्तारवादका दलाल, दलाल चरित्र धारण गरेका  नोकरशाह र सामन्तवादीहरु र  नेपालका आम जनसमुदाय विचको निर्णायक टकरावमा विकास हुदै छ ।

देशको गम्भिर राजनैतिक संकटको उत्कर्ष र जनपक्षिय समाधानको निर्णायक प्रयत्नका वीचमा हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी)को सममेलन सम्पन्न भएको छ । हाम्रो सम्मेलनले देशको राष्ट्रिय स्वाधिनता र जनतनत्रका विरुद्धका सबै साम्रज्यवादी विस्तारवादी र तिनका दलाल, नोकरशाह र सामन्तवादीहरुले नेपाली जनताको विरुद्ध गर्ने सवै षडयन्त्रको विरुद्धमा जनताको साथमा रहेर निर्णायक संघर्षमा सामेल हुने निर्णय गरेको छ । दोश्रो, राजनैतिक आन्दोलनमा ठूला ठूला परिर्वतनहरु हुदा र विगतमा शडकमा रहेका राजनैतिक शक्तिहरु सत्तासिन बन्दा समेत नेपालको शिक्षा क्षेत्र अस्त व्यस्त छ । नीजीकरण र व्यापारीकरणको मात्रा झन गुणातमक बढेको छ । सरकारको नियन्त्रण भन्दा बाहिर रहेर विस्तारवादी तथा साम्राज्यवादी प्रभाव विस्तार गर्न र देशको स्वाधिनता र सावैभौमिकताका विरुद्धमा शिक्षालयहरु संचालित छन् । लाखौं करोडौं रुपया बराबरका अबैध तथा कालो कारोवार राजनैतिक नेतृत्व र शिक्षा प्रशासनका उच्च ओहोदामा रहेकाहरुको संरक्षणमा हुदैआएका छन् । शिक्षा क्षेत्रका यि तमाम विकृति र विसंगतिका विरुद्ध निर्णायक  प्रतिरोध संघर्षको संचालन गर्ने तथा देश र काल सुहाउदो शिक्षाको ब्यवस्था गर्न संघर्षको वलमा परिस्थितिको निर्माण गर्ने निणर्य गरेको छ ।

आज विभिन्न दल तथा तिनका राजनैतिक जायज नाजायज स्वार्थका घेरामा परेका विद्यार्थी संगठनहरुलाई आजका शैक्षिक र राष्ट्रिय स्वाधिनताको आन्दोलनको लागि साझा मोर्चाको निर्माण तथा सहकार्यकालागि पुरै मेहनत गर्ने र त्यसो हुन नसके तलबाट ब्यापक ध्रुविकरण सहित आफ्नै पहलमा आम विद्यार्थीका साथमा रहेर संघर्ष गर्ने निर्णय १९ औं राष्ट्रिय सम्मेलनले गरेको छ । 

शिक्षा क्षेत्र भित्रका समस्याहरुको समाधानको लागि न्युनतम सुधार तथा आमुल परिवर्तनका मागहरुलाई ब्यवस्थित गर्दै तत्कालका लागि काक्षा १२  सम्मको शिक्षा पूर्ण निशुल्क गर्ने र उच्च शिक्षामा सरकारी दायीत्वको बृद्धि तथा आम जनसमुदायका पौंचमा पुर्‍याउने । शैक्षिक पाठ्यक्रम अव्यवहारिक, अनुत्पादक, र हाम्रो देशको माटो अनुकुल छैन । यसलाई परिवर्तन गर्ने र यसलाई देशको उत्पादन ब्यवस्थालाई विकसित गर्ने मेरुदण्डको रुपमा औद्योगिक तथा बहु प्राविधिक बनाउने  । शिक्षाको अध्यात्मवादी आदर्शवादी दृष्टिकोणलाई परिवर्तन गरि न्युन्तम रुपमा देशभक्त तथा बैज्ञानिक दृष्टिकोणको विकास गर्न लायक बनाउने । कक्षा १२ सम्म सम्पुर्ण शिक्षाको ब्यपारलाई प्रतिबन्द लगाउने तथा बालवालिकाको हकमा शिक्षा मौलिक हक तथा अनिवार्य बनाउने । शैक्षिक संस्था तथा विश्वविद्यालयहरुमा राजनैतिक भागबण्डाको आधारमा गएकिा सम्पूर्ण  नियुक्तिहरु तथा शिक्षक, प्राध्यापक तथा कर्मचारीहरुमा बढ्दो अराजकता तथा अनुत्तरदायी गतिबिधिको अन्त्य गर्ने । शिक्षामा साम्राज्यवादी तथा विस्तारवादी स्वार्थका सर्त सहित  आउने सबै वैदेशिक लागानी रोक्ने । शैक्षिक संस्थाको ब्यवस्थापन, पाठ्यक्रम तथा भाषाको रुपमा भित्रिएको साम्राज्यवादी तथा विस्तारवादी सास्कृतिक हस्तक्षेप र नेपाली कला, संस्कृति र मौलिक पहिचानमाथिको अतिक्रणको अन्त्य गर्ने । नेपाली जनतासंग भएका विभिन्न ज्ञान, सिप तथा दक्षता र अनुभबहरुलाई औपचारिक र संस्थागत गर्न खुला विश्वविद्यालय संचालनमा ल्याउने लगाएतका महत्वपूर्ण शैक्षिक मागहरुलाई तत्कालिन न्युनतम सुधारको लागि निर्णायक रुपमा राज्य समक्ष राख्ने र त्यसको कार्यान्वयनको लागि संघर्ष गर्न सम्मेलनले दिशानिर्देशन गरेको छ । 

नेपालको विद्यार्थी आन्दोलनको पछिल्लो अवस्थामा हाम्रा अगाडि केही यस्ता निर्णायक प्रश्हरु खडाभएका छन्, जसको जबाफ नदिई अगाडी जानै सकिंदैन  । पहिलो, आज दलगत स्वार्थको पछि लागेर नेपालको विद्यार्थी आनदोलनलाई दलको राजनैतिक स्वार्थको वरिपरि घुमाइ राख्ने की त्यस भन्दा अगाडि बढेर आफ्ना शैक्षिक एजेण्डा कार्यनवयन गर्ने तथा देशले अग्रगतिको बाटोमा सामना गर्नु परेका तगारोहरु संग हुदै गरेको संघर्षलाई दरिलो साथ तथा सहयोग प्रदान गर्ने ?

नेपालका तत्कालिन सबैजसो प्रमुख दलहरु साम्राज्यवादी तथा खास गरि भारतीय विस्तारवादी स्वार्थको गोटी बन्न पुगेका थिए । खासगरि त्यतिखेर प्रचण्ड र बाबुरामको नेतृत्वमा एनेकपा (माओवादी) आफ्ना सबै परिवर्तनका प्रमुख एजेण्डाहरुलाई सडकमा अलपत्र छाडेर विस्तारवादीहरु संग आत्मसमर्पण गर्दै पुराना संसदवादी दलाल शक्तिहरु संगको प्रधान अन्तर्विरोधलाई अन्त गर्दै सत्तारोहण गर्न पुग्यो । दलाल चरित्रको सरकारले विप्पा सम्झौता, विमानस्थलका व्यवस्थापनको जिम्मा भारतलाई दिने, सुपुरदगी सन्धी सम्बन्धी अध्यादेश जारी गर्ने लगाएतका गम्भिर प्रकारका राष्ट्रघाती कामहरु एकपछि अर्को गर्दै गरिरह्यो । एक वर्षमा प्रत्यक्षरुपमा नौ पटक र अप्रत्यक्ष रुपमा हरेक दिनजसो चर्को मुल्य विद्धी थोपरेर जनताको दैनिक जीवनलाई असैह्य कष्टकर बनायो । कालाबजारी र माफियाहरु संग मिलेर जनअपराध गर्न पुग्यो । भ्रष्टाचारलाई प्रसय दियो । जनमुक्ति सेनालाई आत्मसमर्पण गरायो । भूमिहिन सुकुम्वासी बस्तिमा डोजर लगाउने र शसस्त्र वल लगाएर गरिएको वर्वर दमनको क्रममा धेरै बच्चाहरुको गर्व अवस्थामानै हत्या समेत गर्‍यो । क्रान्तिकारी भूमिसुधारको नीति छाडेर जनयुद्धकालमा क्रान्तिकारी सरकारले कब्जा गरेर जनतलाई वितरण गरेको जग्गा विना विकल्प सुदखोर तथा सामन्तहरुलाई फिर्ता गर्ने र भोगचलन गर्दै आएका भुमिहिन जनतालाई बेघर बनाउने काम गरियो । महान जनयूद्धका क्रममा अपराधिक हर्कत गरेका कयौं जन अपराधिहरुलाई उनिहरुको अपराधको दण्ड दिन छाडेर पुरस्कृत गर्ने काम गर्‍यो । संविधान निर्माणको सवालमा समेत मुलभूत क्रान्तिकारी नितिहरु परित्याग गर्दै प्रतिक्रियावादी वर्ग (भारतीय दलाल र नोकर शाहहरु तथा सामन्तीहरु संग) घुाडा टेक्न पुग्यो । र अन्तत राष्ट्रिय आत्मसमर्पण र वर्गिय आत्मसमर्पणका विरुद्ध पैदा भएका शक्तिशाली जनदवावको अगाडि टिक्न नसकेर सम्विधान सभा नै विघटन गर्न पुग्यो । यस्तो बेला नेपालको सबै भन्दा क्रान्तिकारी आन्दोलनले ठुलो धक्का खान पुग्यो । कम्युनिष्ट पार्टीमा विचार र नेतृत्व दुवैमा विचलन आयो । ठिक यतिनै बेला क्रान्तिका कयौं महत्वपूर्ण उपलब्धिहरुको रक्षा सहित नेपालको क्रान्तिकारी आन्दोलनलाई निर्णायक विजयमा पुर्‍याउने जिम्मेवारी लिदै क किरणको नेतृत्वमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको पुनरगठन भयो । 

यस्तो बेलामा हाम्रो अगाडि क्रान्तिलाई जारी राख्ने की आत्मसमर्पण गर्दै ब्यक्तिगत या सत्ता स्वार्थको भोग गर्दै नवसंसोधनवादी भएर याथास्थितिमा रहने भन्ने दोश्रो प्रश्न खडा भयो । तेश्रो, नेपालको विद्यार्थी आन्दोलनलाई सिंहदरवारको वरीपरी घुमाउदै सत्ताको लाभ लिने की सडक कव्जा गरेर आम विद्यार्थीका शैक्षिक तथा राजनैतिक अधिकारको रक्षा तथा तत्कालिन सत्ताले जनतामा थोपरेको महंगी र राष्ट्रघात विरुद्ध संघर्ष गर्ने ? चौथो कर्मकाण्डिय हिसाबले तत्कालिन सुधार तथा परिवर्तनका एजेण्डा उठाउने र सारमा समस्यालाई समाधान गर्न कुनै निर्णायक पहल कदमी नलिने की तत्कालिन सुधार तथा आमुल परिवर्तनको शैक्षिक मुद्दाहरुलाई कार्यनवयन गर्न निर्णायक संघर्षको पहलकदमी लिने भन्ने प्रश्नहरु हाम्रा अगाडि थिए ।

अनेरास्ववियू (क्रान्तिकारी)को १९ औं राष्ट्रिय सम्मेलनले पहिलो विद्यार्थी आन्दोलनका आफ्ना विषेश कार्यभारहरु छन र त्यसलाई आम जनहित अनूरुप सम्पन्न गर्न संघर्षको नेतृत्व गर्ने । दोश्रो, सहि अर्थमा नेपालको सर्वहारा तथा उत्पीडित जनताको शासन सहितको राष्ट्रिय स्वाधिनताको आन्दोलनको नेतृत्व गर्ने सर्वहारा तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी-माओवादीको पक्षमा र आजका नवसंसोधनवादीहरु संग सम्बन्ध विच्छेद गरेर प्रचण्ड र बाबुराम भट्टराई तथा तिनको सरकारले गरेका सबै देश तथा राष्ट्रघाती निर्णयहरुको विरुद्धमा खडाहुने । तेश्रो, आम विद्यार्थी तथा जनसमुदायका माझमा बसेर सरकार तथा सत्ताले गरेका सबै जनविरोधी दुष्कर्मको विरोध गर्ने र चौथो, आज शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगति बाट शिक्षा ब्यवस्थालाई मुक्त गर्दै समुन्नत शिक्षा ब्यवस्थाको निर्माणको विकल्पको लागि संघर्षको नेतृत्व गर्ने क्रान्तिकारी जवाफ दिन राष्ट्रिय सम्मेलन सफल भएको छ । 

नेपालको वर्गिय मुक्ति आन्दोलनलाई हठात तुहाउने र साम्राज्यवादी तथा विस्तारवादी स्वार्थको दलाल बनेर आम जनताको आमुल परिवर्तनको आकांक्षाको घाटी निमोठ्ने गतिविधि उत्कर्ष तिर जाँदै गर्दाको पृष्टभूमिमा हाम्रो सम्मेलन क्रान्तिकारी धाराको पक्षपोषण गर्दै सम्पन्न भएको छ । सहि दिशा र गति पकड्न नसकेर विद्यार्थी आन्दोलन अलग थलग हुदै गरेको अवस्थामा विकल्प सहित संगठित र जुझारु आनदोलनको नीति र योजना निमार्ण गर्दै सम्पन्न हाम्रो सम्मेलन युगान्तकारी परिघटना बन्न पुगेको छ । 

राष्ट्रिय सम्मेलनले पहिचान गरेका मुलभूत एजेण्डाहरुलाई कार्यन्वयन गर्न बनेको जुझारु विद्यार्थी आनदोलन संठित गर्ने र नेपाली समाजको राजनैतिक, आर्थिक र सामाजिक रुपान्तरणको गतिरोधको विरुद्धको संघर्षलाई सम्पूर्ण रुपमा सफल पार्न सम्पुर्ण तागत लगाउने ऐतिहासिक निर्णयहरु गरेको छ । आजको सन्दर्भमा यो सबैभन्दा क्रान्तिकारी निर्णय गर्ने संगठन हो । यसका युगान्तकारी महत्वका निर्णयहरुको कार्यन्वयन र यसका स्पष्ट दिशानिर्देशनको पालनाबाट नै नेपालको सनदर्भमा आजको सहि विद्यार्थी आन्दोलन निर्माण हुन सक्छ । सम्मेलन संगठनको जीवनमा सुधारवाद, सम्झौतावाद तथा नवसंसोधनवाद लगाएत सबै खाले अवसरवाद बाट मुक्त गर्न विचार र संगठनका क्षेत्रमा निर्णायक पहल कदमी लिन सफल भएको छ साथै योजनाको बस्तु सापेक्ष कार्यान्वयनबाट आजको जर्जर र निकम्म शिक्षा ब्यवस्थाबाट मुक्तिको लागि सही र क्रान्तिकारी लक्ष हासिल गर्न हामीलाई स्पष्ट दिशानिर्देशन गरेको छ । 

अनेरास्ववियू -क्रान्तिकारी)को १९औं राष्ट्रिय सम्मेलन - जिन्दावाद !

No comments:

Post a Comment